काठमाडाैं । इजरायल र लेबनानबीच बुधवार लागू भएको युद्धविरामपछि गाजापट्टीका प्यालेस्टिनीहरूले आफ्नो घेराबन्दीमा रहेको तटीय एन्क्लेभमा जतिसक्दो चाँडो युद्धविराम हुने आशा व्यक्त गरेका छन् । आफूहरु लेबनानमा युद्धविरामलाई समर्थन गर्ने विस्थापित प्यालेस्टाइनी हानजी हमदले बताउनु भयो ।
युद्धले जीवनमा नकारात्मक असर गर्ने र आर्थिक क्षति मात्रै हुने उहाँले बताउनु भयो । इजरायल र हिजबुल्लाहबीचको युद्धविराम सम्झौता बुधवार बिहानैदेखि लागू भएको छ । यसैबीच, गाजामा, इजरायलले हमास विरुद्धको ठूलो मात्रामा आक्रमण जारी राखेको छ । अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको आक्रमणको बदलास्वरूप शुरु गरिएको थियो ।
गाजामा जारी इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४४ हजार २८२ पुगेको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच