अछाम । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले आफैंमाथि गोली प्रहार गरेका छन् ।
तुर्माखाद गाउँपालिका– ६ भैरवस्थान प्रहरी चौकी इन्चार्ज चन्दले बिहीबार राति करिब ९ बजेतिर आफैंमाथि गोली प्रहार गरेका हुन् ।
चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
उनले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंमाथि गोली प्रहार गरेका थिए ।
चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।






