काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका अन्तर्गतको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव रमेश बोहराविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले परशुराम नगरपालिका वडा नम्बर ८ अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएका थिए । साथै उनले २०७७ भदौ ११ गतेदेखि अहेवमा नियुक्त भइ सेवा सुविधा लिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।
बोहरालाई आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐ।ऐनको दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts