काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका लागि अझै केही कानुन संशोधन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित ‘प्लाष्ट नेपाल २०२४’ उद्घाटन गर्दै उहाँले गत वैशाखमा लगानी सम्मेलनको समयमा एकैपटक अध्यादेशमार्फत् कानुन संशोधन भए पनि नियमावली र कार्यविधि तयार नभएकाले कार्यान्वयन हुन नसकेको बताउनुभयो । हाल निजी क्षेत्रका अन्तःशुल्क, उत्पादित सामग्री खेर जाने र मूल्यलगायतका समस्या रहेकाले त्यसको व्यावहारिक निर्णय गरेर समयमै सम्बोधन गर्नुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष ढकालले भन्नुभयो, ‘सरकार र निजी क्षेत्रको सक्रियतामा लगानी सम्मेलन सम्पन्न भयो ।
कानुनहरू संशोधन भए तर तिनको नियमावली र कार्यविधि तयार नभएको अवस्था छ । त्यो चिज सम्बोधन आवश्यक छ । चाहे आन्तरिक होस् वा बाहृय लगानी भिœयाउन होस,् कतिपय कानुन अझै परिवर्तन गर्नुपर्नेछ ।’ वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएर व्यवसायीलाई पनि राखेर छलफल गरिरहेको भन्दै उहाँले निजी क्षेत्रले त्यसलाई स्वागत गरेको बताउनुभयो ।
महासंघको सुझावअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्नुपर्छ भन्ने प्रस्ताव गरेकोमा आयोग गठन गरेर निजी क्षेत्रलाई पनि सहभागी गराएर निजी क्षेत्र समेट्न खोजिएकोमा सरकारलाई धन्यवाद दिँदै आयोगले दिने सुझावका लागि व्यवसायीलाई प्राथमिकताअनुसार लगानी प्रभावित गरेका कानुनबारेमा सुझाव दिन पनि आहृवान गर्नुभयो । ती समस्या समाधान गरेमा छोटो समयमा आर्थिक सुधार गर्न सकिने उहाँको भनाइ थियो ।
प्लाष्ट नेपाल फाउण्डेसनको आयोजनामा बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको चौथो अन्तर्राष्ट्रियस्तरको प्लाष्टिक मेलामा प्लाष्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, उत्पादनमा प्रयोग गरिने विभिन्न मेसिन, औजार उपकरणलगायत नवीनतम प्रविधिसमेत रहेका फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिनुभयो । मेलामा नेपाल, भारत, बंगलादेश, चीनलगायतका विभिन्न उत्पादक, कच्चा पदार्थ आपूर्तिकर्ता र मेसिन उपकरण आपूर्तिकर्ता तथा मिडिया सेवा प्रदायकको सहभागिता रहेको छ भने मेलाको सहआयोजक भारतको कम्प्लाष्ट रहेको छ । मेला मंसिर १५ गतेसम्म चल्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा