सडक दुर्घटनामा एकको मृत्यु

बाबुराम दाहाल
बाबुराम दाहाल
Read Time = 2 mins

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा आज बिहान भएको एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पतिपत्नी सवार स्कुटीलाई मालबाहक १२ चक्के ट्रकले ठक्कर दिँदा ४१ वर्षीया नविना देउलाको ज्यान गएको छ । उनका पति, ४३ वर्षीय जिते देउजा, गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत छन् ।

दुर्घटना बिहान ७ बजेको समयमा भक्तपुरको मध्यपुर थिमि-३ स्थित गठ्ठाघर चोकमा भक्तपुरबाट काठमाडौं तर्फ जादै गरेको ना ८ ख २३११नं.को १२ चक्के ट्रकले सोही दिशा तर्फ जादै गरेको बा प्र.०२-०३८प ४४०१नं.को स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी ढुन्डीराज नेउपानेले जनाएका छन् ।

भक्तपुरको भक्तपुर नगरपालिका-५ घर भई हाल देउजा दम्पती ललितपुरको नख्खीकोटमा बस्दै आएका थिए । उनका पति स्कुटी चालक ४३ वर्षीय जिते देउजाको नागरिक अस्पतालमा उपचार भैरहेको र बोल्नसक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ ।

ADVERTISEMENT

दुर्घटनामा गम्भीर घाइते भएकी नविनाको पौने ८ बजेको समयमा भक्तपुर इन्टरनेसनल अस्पतालमा क्रममा उनको निधन भएको कुरा जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुण्डीराज न्याैपानेले जानकारी दिए ।

घटनामा संलग्न ट्रक चालक मकवानपुगढी गाउँपालिका-४ का ३८ वर्षीय बुद्ध बहादुर घलान लाई नियन्त्रणमा लिई प्रहरी बृत थिमिले थप अनुसन्धान अघि बढाएको बताइएको छ ।

घटनाको छानबिन र घाइते जिते देउजाको स्वास्थ्य अवस्थाको बारेमा थप जानकारी आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?