भिएन्ना । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसंघले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख छ । संयुक्त राष्ट्रसंघको लागु औषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसंघको महिला विभागले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गतवर्ष हरेक १० मिनेटमा एक महिलाको हत्या भएको पुष्टि गरेको छ ।
प्रतिवेदनका अनुसार अफ्रिकाले गतवर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ । त्यसपछि अमेरिका र ओसिनिया छन् ।
प्रतिवेदनले अपराधीलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जीवितलाई सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै यूएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले लैंगिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आहृवान गरे । रासस/सिन्हृवा ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts