राजविराज । सप्तरीको कञ्चनरूप स्थित रूपनगरमा सञ्चालित दुई दिने निशुल्क आँखा शिविरमा ३ सय जनाका मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।
तिलगङ्गा कञ्चनरूप सर्जिकल आँखा केन्द्र रूपनगर , तिलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाडौँ , कञ्चनरूप नगरपालिका र कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रूपनगरको संयुक्त आयोजनामा सोमबारदेखि सञ्चालित आँखा शिविरमा पहिलो दिन १ सय ६३ जनाका मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो ।
आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्नु पर्ने विमारी अझै भएकाले निशुल्क आँखा शिविर बुधवारको लागी एक दिन थप गरिएको तिलगङ्गा कञ्चनरूप सर्जिकल रूपनगरका अनिल साउदले बताउनु भयो ।
सोमबार एक कार्यक्रमका बिच शिविरको उद्घाटन कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले गर्नुभएको थियो ।
यस शिविरमा हालसम्म भारत , सुनसरी , उदयपुर , सिराहा देखि आएर निशुल्क रुपमा मोतियाबिन्दुको शल्यक्रिया मार्फत गरिब दुखीको उपचार भएको अनिल साउदले बताउनु भयो ।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका चिकित्सक श्याम ब्यासको नेतृत्वमा आएको टोलीले आँखाका बिरामीहरूको उपचार गरेको थियो ।






