काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कर्मचारीहरूलाई लामो समय कुनै पनि फाइल नरोक्न निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री पौडेलले सो निर्देशन दिनुभएको हो ।
“कुनै फाइल ४८ घण्टा बढी रोकिन भएन”, उहाँले भन्नुभयो, “सरकारी कामको यो रवैया हुनुभएन ।” मन्त्री पौडेलले आफूले परीक्षणका लागि तीन महिना बढी पालो कुर्न परे फोन गर्न सर्वसाधारणलाई जानकारी गराएकामा हालसम्म तीन वटा मात्र फोन आएकाले केही सुधार भइरहेको सङ्केत गरेको बताउनुभयो ।
मन्त्री पौडेलले सेवा सुधारमा लाग्न आग्रह गर्नुभयो । “यो योजना पूरा गर्न यो काम चाहियो भनेर को आएको छ रु”, मन्त्री पौडेलले भन्नुभयो, “हामीले नागरिकको जिम्मेवारी पूरा गर्न आएका छौँ । कामका लागि आएका हौँ भन्ने सोच्नुपर्छ ।”
मन्त्री पौडेलले योजनामा सीमित नभइ अब कार्ययोजना लिएर कर्मचारीलाई आउन आग्रह गर्नुभयो । उहाँले विदेश भ्रमण जाने समयलाई पाँच दिनमा सीमित गर्न भन्दै त्योभन्दा बढी नबस्न र काममा सक्रिय हुन निर्देशन दिनुभयो ।
मन्त्री पौडेलले पुँजीगत खर्च कम भएको भन्दै यसलाई बढाउन कर्मचारीहरुसँग आग्रह गर्नुभयो । “पुँजीगत खर्च कम हुनु गम्भीर समस्या हो, यसमा सबैलै समीक्षा गरौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा धेरै बजेट खर्च गर्ने मन्त्रालयका रुपमा हामी विकास गराऔँ ।”
मन्त्री पौडेलले आमनागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्नु आफ्नो लक्ष्य भएको उल्लेख गर्दै हाल थपिएका निःशुल्क उपचारलगायतका सुविधामा कम भार पर्ने गरी काम गरिएको बताउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts