हेटौंडा। सिआन पुनस्र्थापन केन्द्रलाई जापानी एक नागरिक बिमरा वाकाइले ५० हजार सहयोग गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत् देखेर सिआनले गरेको कामबाट प्रभावित उनले नेपाल आएको बेला सिआन कार्यालय पुगेर सहयोग गर्नुभएको हो ।
आइतबार सिआन पुर्नस्थापना केन्द्र सञ्चालक तथा निर्देशक सौजन डीसीलाई उनले रकम हस्तान्तरण गर्नुभएको थियो । करिब ३० वर्षअघि उनी नेपाल आउनुभएको थियो । आफ्नो नेपाल भ्रमण यो दोस्रो पटक रहेको उहाँले बताउनुभयो ।
२०७३ सालमा सञ्चालनमा आएको पुर्नस्थापना केन्द्रले लागुऔषधको दलदलमा फसेकामात्र नभइ मानसिक अवस्था ठीक नभएका बिरामीको समेत उपचार गरिरहेको र केहीलाई निको बनाइ पठाइसकिएको डीसीले बताउनुभयो । हाल सिआनमा ६३ जना छन् । सिआन पुर्नस्थापना केन्द्रले केही महिनाअघि महिला पुनस्र्थापना केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।






