काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ११५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ ।
सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो । यस्तै चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।






