काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त हुनु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई अष्ट्रेलियाका लागि आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको हो ।
मन्त्रिपरिषद्बाट राजदूतमा सिफारिस भएकी यादवलाई १६ असोजमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts