काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिनुभएको छ ।
नेपाल सरकारका पूर्वसचिव समेत रहनुभएको अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त हुनु भएको थियो ।
गत असार १७ गते अधिकारीलाई सभामुख देवराज घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिवमा नियुक्त गरिएको थियो ।
तर, जिम्मेदवारी सम्हालेको पाँच महिनामा नै उहाँले स्वास्थ्य अवस्थालाई देखाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ ।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिनुभएको हो ।
उमेर हदका हिसाबले अधिकारीको दुई वर्ष सेवा अवधि बाँकी नै छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts