काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरणमा बन्दीसहित उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको छ ।
साइबर अपराध मुद्दामा थुनामा रहेका मेडिकल व्यवसायी प्रसाईँको हकमा छोरा निराजन प्रसाईंले गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
सो रिटमा न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुन भनेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भनी झुटो भिडियो बनाएर भ्रम सिर्जना गरेको भन्दै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts