काठमाडौं । भारतीय जनता पार्टीका नेता तथा पूर्व विदेश विभाग प्रमुख डा. विजय जोलीले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गर्नुभएको छ ।
आज काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘भारत नेपालको आन्तरिक सम्बन्धमा हस्तक्षेप गर्छ भन्ने आरोप छ । यो तथ्य ठीक होईन । भारतमा कोही आएर भन्यो भने हामीले सुन्नुपर्छ । तर, निर्णय नेपालको तन्त्रको हो, नेपालको सरकार र नेपाली जनताले निर्णय लिने हो । नेपाल शसक्त र बलियो रह्यो भने भारतले पनि आफूलाई मजबुद सम्झिनेछ । म ९४ देश पुगिसकेको छु ।’
नेपालमा बनेको कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई आफूहरुले स्वागत गर्ने भन्दै यो गठबन्धन नै नेपालका लागि समयको माग भएको उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘आजको सन्दर्भमा नेपालको भलाईको लागि, नेपालको विकासको लागि र नेपालको बढोत्तरीको लागि वर्तमान गठबन्धन (कांग्रेस र एमाले) को गठन्धन चलिरहेको छ, यो वैश्विक शान्ति, आर्थिक समृद्धि र यहाँका युवाहरुको सशक्तिकरणको लागि अहिलेको समयमा बेष्ट–कम्बिनेशन हो । हामी त्यसको समर्थन गर्छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उहाँले नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने कुरा नेपालको निर्णय हुने भन्दै त्यसलाई आफूले सम्मान गर्ने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले धेरै वर्षदेखि पढेका छौं, सुनेका छौं । नेपालमा जहिले राज्यसत्ता परिवर्तन हुन्छ, नेपालका प्रधानमन्त्रीले सर्वप्रथम भारतको भ्रमण गर्छन् । यो नेपाल सरकारको र नेपालको तन्त्रको यसप्रति आफ्नो निर्णय र स्वतन्त्रताको रूपमा लिनुपर्छ । नेपालका प्रधानमन्त्री चीन, भारत र अमेरिका वा फ्रान्स र जर्मनी जाए, हामी उनीहरुको निर्णय स्वागत गर्छौं । भारतले कहिल्यैपनि आफ्नो छिमेकी देशको लोन दिएर ऋणमा बाँध्ने कोशिस गरेको छैन् । जो मैले सुनिरहेको छु, बुझिरहेको छु । मलाई आशा छ–नेपालका प्रधानमन्त्री आफ्नो गठबन्धनको मित्रको साथ मिलेर बीआरआईबारे जुनप्रकारको रणनीतिक सम्झौता गर्नुहुन्छ, मलाई आशा छ त्यो नेपालको हितमा हुनेछ । आज उहाँ चीन जाँदै हुनुहुन्छ, भोलि भारत आउँदा हामी स्वागत गर्छौं ।’
उहाँले भारत र नेपालबीचको राजनीतिक सम्बन्ध, कुटनीतिक सम्बन्ध, सुरक्षा, शिक्षादेखि सबैखाले सम्बन्धमा अधिकतम वार्तालाप भयो भने त्यसले सम्बन्धमा उत्तिकै स्पष्टता प्रदान गर्ने विश्वास दिलाउनु भयो।
नेता जोलीले नेपाल र भारतबीच रहेका सीमा विवादपनि सरकारी, राजनीतिक र कुटनीतिक तहको सम्वादबाट हल गरिनुपर्नेमा जोड दिनुभयो। सीमा विवाद हल गर्नको लागि भारत सधैं तयार रहेको उहाँको भनाई छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts