काठमाडौं । सहकारी ठगी मुद्दामा समातिएका छविलाल जोशीलाई सरकारी वकिल कार्यालय ल्याइएको छ ।
बुधबार बेलुकी कास्कीबाट काठमाडौं ल्याइएका जोशीलाई बयानका लागि आज दिउँसो सरकारी वकिल कार्यालय ल्याइएको हो । कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी एवम् गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ।
पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए।
त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि जोशीलाई रूपन्देही पनि लगिएको थियो।
लगत्तै काठमाडौं जिल्ला अदालतले काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो। त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।
जोशीको बयानपछि लामिछानेलाई काठमाडौं ल्याउने तयारी छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts