सर्लाही । समयमै उखुको भाउ निर्धारण नहुँदा यहाँका उखु किसान र उद्योगी दुबै अन्योलमा छन् ।
हाल सर्लाहीमा मात्र तीन वटा ठूला चिनी मिलहरू संचालनमा रहेका छन् । यद्यपि, उखु बेच्ने समय आउँदा पनि किसानले उखु बेच्न पाएका छैनन् । यसरी मिल नचल्दा किसान निराश हुँदै गएका छन् । मिल सञ्चालनको बारेमा अझै अन्योल कायम छ।
मंसिरको पहिलो हप्ता बितिसक्दा पनि मिल सञ्चालनको कुनै संकेत छैन । यस वर्ष यस अवस्थाले थप जटिलता निम्त्याएको छ । गत वर्ष सरकारले उखुको प्रति क्विन्टल मूल्य ६३५ रुपैयाँ कायम गरेको थियो। उद्योगीहरूले ५६५ रुपैयाँ दिएका थिए र सरकारबाट अनुदान स्वरूप ७० पैसा भुक्तानी भएको थियो। नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार, यो रकमलाई बढाएर यस वषको लागि ८०१ रुपैयाँ पु¥याउनुपर्ने माग गर्नु भएको छ । ८०१ पाउँदा मात्र किसानलाई केहि राहत हुने मैनालीको भनाई छ । पहिले भन्दा मल खाद , ढुुवानी , कटानी र जोताई , तथा मज्दुरमा लागत बढनुको यस वर्ष मुल्य संयायोजन हुन आवश्यक रहेको मैनालीले बताउनु भयो । मिल संचालकले उपभोक्तालाई दिने चिनीको मूल्य र चिनी वाहेक उखुबाट आउने कच्चा पदाथको समेत आधार त्यसको मूल्य मान्दा समेत किसानले यस वर्ष ८०१ भन्दा धेरै मूल्य पाउनु पर्ने उखु किसान नेता राजकुमार उप्रेती बताउनु हुुन्छ । मिल सञ्चालन नहुँदा किसानले उखु काट्न पाएका छैनन्, जसको परिणामस्वरूप उनीहरूले अन्नबाली लगाउन पनि सकेका छैनन्। यसले उखु सुक्नसक्ने चिन्ता समेत उत्पन्न गरेको छ ।
सर्लाही जिल्लाका ईश्वरपुरका उखु किसान शिव कृष्ण उप्रेतीका अनुसार, समयमै मिल सञ्चालन नहुँदा एक तिर उखु सुक्ने र अर्कोतिर लागत बढ्ने समस्या देखा परेको छ। समयमै मिल सञ्चालन नहुँदा खुट्टी (तीन वर्ष पुरानो उखु) भएका किसानको स्थिति अझ गम्भीर भएको छ।
पुरानो उखु भएका किसान नयाँ बाली लगाउन चाहन्छन्, तर पुरानो बाली हटाउन नपाएको कारण उनीहरूलाई कुरेर बस्नु परेको छ। ढिलो उखु काट्दा किसानलाई हिउँदे बाली लगाउन पनि गाह्रो हुने गर्छ। धान भित्राएपछि उखु कटान सुरु गर्दा मजदुर पनि पर्याप्त मात्रामा उपलब्ध हुन्छन्। तर, समयमै उखु काट्न नपाउँदा मजदुर पनि बाहिर काममा जान्छन्, जसले मजदुरको अभाव निम्त्याउँछ ।
समयमै मिल सञ्चालन भएमा किसानले पहिलो वर्ष उखु बाली भित्र तोरी, गहत, गोलभेडा, मुसुरो, केराउ, आलु लगायतका बाली लगाउन सक्थे। यसरी, एक बालीबाट अर्को बालीको उत्पादन पनि गर्न सकिने थियो। तर, मिल नचल्दा बिऊको लागि रोपिएको उखु हटाउन गाह्रो भएकाले किसानले उखु पनि रोप्न सक्ने अवस्था छैन ।
सर्लाहीमा तीन वटा चिनी मिलहरू छन इन्दुशङ्शर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदहल र अन्नपूर्ण चिनी उद्योग धनकौल छन्। यसमध्ये अन्नपूर्ण चिनी उद्योग धनकौलले उखु क्रसिङ सुरु गर्न लागेको छ । अन्नपूर्ण चिनी उद्योग धनकौलका मिल सञ्चालक नरेंद्र कुमार गुप्ताले अनुसार अहिले पोहोरको मूल्यमा खरिद गर्दै, पछि सरकारको निर्धारण गरेको मूल्यमा उखु लिने प्रक्रिया अपनाउँदै यो मिल एक दुई दिन भित्र संचालनको तयारीमा रहेको बताउनु भएको छ ।
इन्दुशङ्शर चिनी उद्योग हरिवनले मिल सञ्चालनका लागि आवस्यक पर्ने सबै मेसिनरी तयारी अवस्थामा राखेको छ। सरकारले मूल्य तय गरेपछि मिल सञ्चालन गर्न सक्ने अवस्था उधोग रहेको प्रशासनिक अधिकृत ठाकुर नेपालले जानकारी दिनु भयो ।
गत वर्ष २०८०÷८१ मा, सर्लाहीका तीन वटा चिनी उद्योगहरूले ४२ लाख ४४ हजार ३९७।१८ क्विन्टल उखु क्रसिङ गरेका थिए। यस अनुसार, सर्लाहीका १५ हजार ९८१ जना किसानले प्रतिक्विन्टल ७० रुपैयाँको दरले २९ करोड ७१ लाख सात हजार ८०२ रुपैयाँ ६ पैसा अनुदान प्राप्त गरेका थिए। मधेस प्रदेशमा करिब १ करोड ५० लाख क्विन्टल उखु उत्पादन हुन्छ, जसको ८० प्रतिशत सर्लाहीमा र कुल देशभरको उत्पादनमा सर्लाहीको ४५ प्रतिशत योगदान रहेको छ।
उद्योगी र किसानका हितमा, सरकार र उद्योगीहरूले मिलेर उखुको बजार मूल्य र लागतको आधारमा उखुको मूल्य तय गर्न आवश्यक छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts