झापा । नेपाल रेडक्रस सोसाइटी झापाले रगत संकलन, उपलब्धता र सहज आपूर्तिका लागि आवश्यक जानकारीसहितको लिखित सन्देश सार्वजनिक गरेको छ । रेडक्रस झापाले रक्तदाता तथा सेवाग्राहीका लागि नौ बुँदे , रक्तसञ्चार संस्थाका कर्मचारीका लागि १९ बुँदे , प्राविधिकले गर्ने काम, रक्तसञ्चारका १३ स्थान र दुई सम्पर्क व्यक्ति, झापामा रक्तसञ्चार सेवा दिने स्थान, अस्पताल, एम्बुलेन्स, शवबहान र दमकलसहितको नम्बर सार्वजनिक गरेको हो ।
रेडक्रस सभापति लोकराज ढकालले आज सार्वजनिक गरेको सन्देशमा प्रयोगकर्ता तथा आफन्तले अपनाउनु पर्ने विधि र पालना गर्नु पर्ने नियमका बारेमा स्पष्ट पारिएको छ । विरामीलाई रगत भनसुनबाट नपाइने र पहिले ब्लड बैङक जान रेडक्रसले आग्रह गरेको छ ।
ू बिरामीलाई आवश्यक रगत भनसुनबाट पाइदैन पहिला ब्लड बैंक जानुस्' सभापति ढकालले भन्नुभयो, 'आफ्नो विरामीलाई यो वा उ ग्रुपको रगत खोज्ने, माग्ने मात्र होइन , रगतको कुन तत्व हो स्पष्ट हुनुपर्छ, मोज्दाद रगतबाट हुन्छ कि हुन्न त्यो पनि प्रष्ट हुन आवश्यक छ ।'
रगत अभाव हुन नदिन झापा रेडक्रस प्रतिबद्ध रहेको बताउनु भएको ढकालले चिकित्सकले फ्रेस ब्लड लेखेको भए तत्काल रगत दिने मानिस खोज्न अपिलसमेत गर्नुभएको छ । 'रगतको तत्व निकाल्न कति समय लाग्छ , त्यो सबैलाई थाहा हुँदैन, यो प्राविधिक विषय हो, त्यो पनि बुझ्न आवश्यक हुन्छ' उहाँले भन्नुभयो, 'रगत चाहियो भनेर फोन मात्रै गरेर हुन्न, आपूर्तिका लागि रगतको उपलब्धता जरुरी हुन्छ ।' झापा रेडक्रसले रगत सिफारिसका लागि रेडक्रसमा फोन नगर्नसमेत भनेको छ ।
रेडक्रस मानवीय संस्था भएकोले जीवन बचाउने कुरामा हरदम प्रयत्नशील रहेको र रहने स्पष्ट पार्दै सभापति ढकालले रगत चाहिँदा हतारिएर फोन मात्रै गरेर समस्याको समाधान नहुने बताउनुभयो । उहाँले भन्नुभयो, 'रेडक्रसले गर्ने सहयोग र काम साह्रोगाह्रो नमानी २४ सै घण्टा गर्छ, रगत आपूर्ति गर्ने विषय जटिल भएकोले त्यसमा सबैको सहयोग र साझा प्रयत्न आवश्यक छ ।'
रगर आवश्यक पर्ने व्यक्तिका आफन्तलाई पहिले ब्लड बैंक जान र प्राविधिकसँग सबैकुरा बुझ्न सुझाउनु भएको सभापति ढकालले झापामा रगतको खपत परिमाण उच्च रहेकोले रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आव्हानसमेत गर्नुभयो । रेडक्रसले सार्वजनिक गरेको अपिल ध्यानपूर्वक अध्ययन गर्न र सोही अनुरुप काम गर्न समेत सभापति ढकालको आग्रह छ ।
आफ्ना घरपरिवारका सदस्यले रक्तदान गर्ने गरेको छ कि छैन त्यो पनि जानकारी लिन अनुरोध गरेको रेडक्रसले आफू पनि रक्तदान गर्न र आफू आबद्ध संघसंस्थामा पनि रक्तदान कार्यक्रम सञ्चालन गर्ने भनेको छ । झापामा दैनिक ७० देखि ८० प्रिन्ट (पोका ) रगत खपत हुने गरेको छ ।
झापामा एकसय जना बढीले डाइलोसिस सेवा लिने गरेका छन् । दैनिक ३५ बढी विभिन्न प्रकारका अपरेसन हुने गरेको तथ्यांक छ । रक्तअल्पताको समस्या , क्यान्सर रोगी , सुत्केरी महिला , दुर्घटनामा परेका बिरामीका लागि रगत खपत हुने गरेको छ । चाडपर्वका कारण झापा अहिले रक्तदान कार्यक्रम हुन नसक्दा आवश्यक ग्रुप समूहको रगत अभाव भएको छ । यद्यपि, झापा रेडक्रससँग डेढ सयदेखि दुई सय प्रिन्ट मौज्दात छ ।
नियमित रक्तदान नहुँदा र रक्तदान गर्ने उमेर समूहका युवा विदेश पलायनले पनि रगत अभाव भएको हो । संकलित रगत ३५ दिनसम्म मात्रै राख्न मिल्ने भएकोले पनि रक्तदानलाई निरन्तरता दिन आवश्यक छ । झापामा संकलन भएको रगत जहाजमार्फत समेत पठाइने गरेको रेडक्रसले जनाएको छ ।
संकलित रगत खेर जान नदिन रेडक्रसले हरसम्भव उपायको खोजी र वितरणको प्रबन्ध मिलाएको सभापति ढकालले बताउनुभयो । रक्तदानलाई नियमित र प्रभावकारी बनाउन केही दिन भित्रै १०५ जना युवा रक्तदातालाई रेडक्रसले सम्मान गर्ने कार्यक्रम तय भएको सभापति ढकालले जानकारी दिनुभयो । अहिले झापामा धेरै अस्पताल खुलेका छन् । बिर्तामोडको त स्वास्थ्य हबकै रूपमा बिकास भइरहेको छ ।
विएण्डसी, विर्तासिटी, मनमोहन, मेडिका, कनकाई , कञ्चनजंघा, अञ्जली, चिल्ड्रेन अस्पताल, लगायत अस्पताल बिर्तामोड सञ्चालित छन् । दमक, भद्रपुर, मेचीनगर, अर्जुनधारामा पनि अस्पतालहरु भएका कारण पनि झापा रगत खपत बढेको हो।
झापामा भद्रपुर, बिर्तामोड र दमक रक्तसञ्चार केन्द्र सञ्चालनमा छन् । ती सेवा केन्द्र मार्फत संकलित रगत पूर्वका विभिन्न जिल्लामा जाने गरेको छ । त्यसका कारण पनि झापामा रगत खपत बढी हुन थालेको हो । रेडक्रस आवद्धलाई रगतका लागि अत्यधिक फोन आउने गरेको छ ।
रेडक्रसले ग्रुप समूह नै बनाएर नाम नम्बर उपलब्ध गराएको छ । सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन सो सन्देश सार्वजनिक गरेको झापा रेडक्रसले जनाएको छ ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts