मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले मंकीपक्स, हैजा र कोभिडबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर एमाले सांसद योगेश भट्टराईले मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण महामारीको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

२३ जुलाईमा विश्व स्वास्थ्य संगठनले मंकीपक्सको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको भन्दै उहाँले यसबाट बच्नका लागि सरकारले कुनै कदम नचालेको आरोप लगाउनुभयो ।

ADVERTISEMENT

विश्वभर १८ हजार १९४ जना मंकीपक्सका संक्रमित रहेका र पाँच जनाको मृत्यु भइसकेको भन्दै सांसद भट्टराईले सीमानाकासहितका स्थानमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

साथै मंगलबार बिहानसम्म काठमाडौं उपत्यकामा ३४ जना हैजाका बिरामी रहेका र हैजा नियन्त्रणमा पनि सरकारले कुनै काम गर्न नसकेको उहाँको आरोप छ ।

पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमण पनि बढ्दै गएको भन्दै उहाँले कोभिड नियन्त्रणका लागि पनि सरकारबाट कुनै काम नभएको बताउनुभयो । तत्काल मंकीपक्स, हैजा र कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि आवश्यक कार्य गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज