काठमाडौं । गरिमा विकास बैंकले १८औँ वार्षिकोत्सवका अवसरमा शनिबार ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ गर्ने भएको छ । विकास बैंकले खुलातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ पाँच किलोमिटर दूरीको ‘गरिमा रोड रेस कम्पिटिसन-२०८१’ आयोजना गर्न लागेको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।
खुलातर्फको १० किलोमिटर कम्पिटिसनमा इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेटतर्फको पाँच किलोमिटर रोड रेसमा भने संघ संस्थाका कर्मचारी तथा पदाधिकारीले मात्र सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । कार्यक्रममा महिला र पुरुषतर्फका गरी चारवटै प्रतिस्पर्धामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्नेलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र. १५ हजार नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ ।
प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । प्रत्येक वर्ष प्रतिस्पर्धा आयोजना गर्ने बैंकको योजना रहेको छ ।
मंसिर ७ गते १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले काठमाडौंमा ‘गरिमा रोड रेस कम्पिटिसन–२०८१’ सहित देशभर १८ फरक–फरक कार्यक्रम आयोजना गर्दैछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements