काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा दिनेशकुमार अधिकारी र ४ नम्बर वडाध्यक्षमा पविता खड्का अधिकारीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
दिनेश ४ नम्बरका तत्कालीन दिवंगत वडाध्यक्ष श्यामकुमार अधिकारीका ठूलोबुबाका छोरा हुनु हो भने पविता श्रीमती हुनु हो ।
यहाँ नेकपा एमाले, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवार मनोनयन दर्ता गराइसकेका छन् ।
नेकपा एमालेबाट मेयरमा सुरेन्द्र मानन्धर, नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन र राप्रपाका धु्रव महर्जन उम्मेदवार बन्नुभएको छ ।
त्यस्तै जसपा नेपाल र स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिएका छन् ।
कीर्तिपुरको वडा नं १ र वडा नं ४ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछन् । मेयर र दुई वटा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको राजधानी उपत्यकाको नगरपालिका भएकाले यहाँको उपनिर्वाचनमा धेरैको चासो छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts