काठमाडौं । फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४औँ वार्षिकोत्सवका अवसरमा फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ । सन् २०१० मा स्थापनादेखि फुडमाण्डुले अनलाइन फुड डेलिभरी सेवा सुरु गरेर ग्राहकवर्गलाई आफ्नो मनपर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्याउँदै आएको छ । हाल फुडमाण्डु काठमाडौं, पोखरा र चितवनमा पूर्णरूपमा स्थापित भइसकेको छ ।
फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकलाई ग्रोसरीलगायत दैनिक आवश्यक वस्तु पनि घरमै डेलिभरी गर्ने भएको छ । अब ग्राहकले फुडमाण्डु एपबाट सात सयभन्दा बढी उच्च गुणस्तरीय वस्तु तुरुन्तै र भरपर्दो डेलिभरी पाउने कम्पनीले जनाएको छ । तत्कालका लागि यो सेवा गैरीधाराबाट तीन किलोमिटरभित्र पर्ने महाराजगञ्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवी क्षेत्रहरूमा उपलब्ध हुनेछ भने छिट्टै नै काठमाडौं उपत्यकाभरि विस्तार गरिने कम्पनीले जनाएको छ ।
फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भन्नुभयो, ‘फुडमाण्डुले ग्राहकवर्गको आवश्यकताअनुसार सेवालाई विकास गर्दै आएको छ । फुडमाण्डु वानमार्टका माध्यमबाट हामी ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई पनि मनपर्ने खाना अर्डर गरेजस्तै सहज बनाउन चाहन्छौँ ।’ वार्षिकोत्सवकै अवरमा फुडमाण्डुले ‘फ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेन सुरुवात गर्दै ७० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । उक्त क्याम्पेनअन्तर्गतका ग्राहकले फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज-फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफर उपलब्ध हुनेछन् । उल्लेखित सबै अफर फुडमाण्डुको १४ वर्षको अद्भूत यात्राको उत्सव मनाउन र ग्राहकलाई आभार व्यक्त गर्न तयार गरिएको बताइएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts