काठमाडौं । नेपालकै प्रतिष्ठित व्यावसायिक घराना ज्योति समूहबीच पछिल्लो समय पारिवारिक झगडा चुलिएको छ । मणिहर्ष ज्योतिका छोरा र नातिहरूको विवाद प्रहरीदेखि अदालतसम्म पुगेको छ । आफ्ना पिता मणिहर्षको ज्योतिको व्यावसायिक विरासतलाई दुई छोरा पद्मज्योति र रूपज्योतिले जोगाउँदै र थप विस्तार गर्दै आउनुभएको थियो । तर, दुई दाजुभाइबीच करिब १० वर्षअघि हिमालयन बैंकको सेयर कारोबारबाट सुरु भएको विवाद अहिले ग्राण्डी सिटी अस्पतालमा पुगेर छताछुल्ल भएको हो ।
काठमाडौंको जमलस्थित ज्योति भवनमा रूप ज्योतिको परिवारले ग्राण्डी सिटी अस्पताल सञ्चालन गर्दै आएको छ । उक्त भवनको अधिकांश भाग अंशबण्डामा आफ्नो परेको पद्य ज्योति समूहले दाबी गर्दै आएको छ । आफ्नो घर आफैंले प्रयोग गर्न नपाएको, रूप ज्योतिले अस्पताल सार्न नमानेको, करोडौँ रुपैयाँ भाडा पनि नपाएको पद्म ज्योति समूहको जिकिर छ । तर, रूप ज्योति समूहले सञ्चालन गरेको ग्राण्डी सिटी अस्पतालले भने पद्म ज्योतिलाई साढे चार करोड रुपैयाँ भाडा तिरिसकेको दाबी गर्दै भाडा तिर्दा पनि पद्म ज्योति समूहले अनावश्यकरूपमा आतंकित बनाएको जिकिर गर्दै आएको छ ।
अस्पतालले मासिक एक लाख ८० हजार रुपैयाँ भाडा तिर्दै आएको जनाएको छ । बैंक खातामा अस्पतालले पटक–पटक उक्त रकम तिरे पनि बैंक खातामा जम्मा गरेको भाडा पनि प्राप्त नभएको भन्दै पद्म ज्योतिले झुट अफवाह फैलाएको अस्पतालको दाबी छ । घर बहालकर ४३ लाख ६२ हजार तीन सय ७५ रुपैयाँ बुझाएको र भौचरसमेत घरधनीलाई दिइएको अस्पतालको जिकिर छ । तर, पद्म ज्योति समूहले त्यसलाई अस्वीकार गर्दै घर खाली गराउन ताकेता गरिरहेको छ । बहालमा बसेकोलाई घरधनीले हटाउन सक्ने कानुनी अधिकार भए पनि अस्पताल बन्द नै गराउने नियतले गतिविधि गर्नु अमानवीय तथा अनैतिक कार्य रहेको रूप ज्योति समूहको भनाइ छ । रूप ज्योति समूहका अनुसार अस्पताल रहेको भवनमा आफूले उपकरण जडान गर्न २० करोडभन्दा बढी लगानी गरेकाले भवन खाली गर्न एक वर्षको समय दिनुपर्ने माग गरेको छ । सम्पूर्ण अस्पतालको जम्मा १० देखि १५ प्रतिशत भाग पद्म ज्योतिको घर तथा फ्ल्याटमा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts