काठमाडौं । नेपाल बैंक र अनलाइन इ-कमर्स दराज केयमुबीच छुट सम्झौता भएको छ । बैंकमा निक्षेप खाता रहेका ग्राहकलाई दराजमार्फत् सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो । बैंकका निक्षेपकर्ताले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत् अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्म छुट हुने र क्रेडिट कार्डमार्फत् अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार पाँच सय रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सक्नेछन् ।
छुट प्राप्त गर्न नेपाल बैंकका शाखामा सम्पर्क गरी ग्राहकले आफ्नो कार्डमा इ-कमर्स सक्रिय गर्नुपर्ने भएकाले बैंकले ग्राहकलाई आफ्नो कार्डमा इ-कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डका लागि आवेदन दिनसमेत आग्रह गरेको छ । यो योजना मंसिर ७ गतेसम्म लागू हुने बताइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा