विराटनगर । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अधिकारीलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उहाँलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो ।
अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किनेक्रममा विमानस्थलबाट पक्राउ गरको थियो उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको छ ।
मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उहाँलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts