काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समिति अध्यक्ष अतितलाल श्रेष्ठको सभापतित्वमा भएको साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा आर्थिक वर्ष २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्तिलगायतका प्रस्ताव पारित गरेको छ ।
धितोपत्र बोर्डबाट इजाजत लिई धितोपत्र कारोबार र डिम्याट सेवा उपलब्ध गराउँदै आएको कम्पनीले आफ्ना ग्राहकलाई निःशुल्करूपमा फ्रि मार्केट ओभरभ्यु, टेक्निकल एनालिटिकल टुल एण्ड चार्टिङ सफ्टवेयर, फण्डामेन्टल एनालिटिकल टुल, फ्लोसिट एण्ड ब्रोकर एनालिटिकल टुल्स उपलब्ध गराउँदै आएको छ । साथै आगामी दिनमा कम्पनीले प्रवाह गर्ने सेवालाई सूचना प्रविधिमैत्री बनाई सरल तथा सहज बनाउने भएको छ ।
साधारणसभाका अध्यक्ष श्रेष्ठले ग्राहकलाई सेयर बिक्रीको रकम समयमै भुक्तानी गराउने प्रतिबद्धतासहित हाल लगानीकर्ताले कोल्याक्ट्रल लोडका लागि दिनहुँ ब्रोकर कार्यालयमा सम्पर्क गर्नुपर्ने समस्या समाधानका लागि म्याक्स सेक्युरिटिजले आफ्ना ग्राहकले सेयर बिक्रीपछि पाँचदेखि १० मिनेटभित्र स्वचालितरूपमा बिक्री गरेको रकम बराबरको कोल्याट्रल लोड सुविधा पनि सुरु गरेको जानकारी गराउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts