पद्म भुवनेश्वरी वृद्धाश्रमलाई दुई वर्षका लागि खाद्यान्न सहयोग

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । लालबन्दी नगरपालिका-२ मा अवस्थित पद्म भुवनेश्वरी वृद्धाश्रमले दुई वर्षका लागि खाद्यान्न सहयोग पाएको छ । हरिवन नगरपालिका-३ स्थायी घर भई हाल भारतलाई कर्मथलो बनाएका कृष्ण चौधरीले वृद्धाश्रममा आश्रित असहाय, अशक्त तथा ज्येष्ठ नागरिकहरूको लागि भोजन व्यवस्थापनको जिम्मेवारी लिनुभएकाे हाे ।

नवलपुरस्थित जुटपानीमा रहेको उक्त वृद्धाश्रममा आज आयोजित एक विशेष कार्यक्रममा दाता चौधरी र उहाँको परिवारलाई सम्मान गरियो । कार्यक्रममा आश्रमका संस्थापक वासुदेव शरण कोइरालाले चौधरी परिवारप्रति आभार व्यक्त गर्दै यो सहयोगले वृद्धाश्रमलाई ठूलो राहत मिलेको बताउनुभयाे ।

वृद्धाश्रमकी अध्यक्ष भवानी कोइरालाले व्यक्तिगततर्फ हालसम्मकै ठूलो सहयोग रहेको उल्लेख गर्दै चौधरी परिवारलाई भगवानको रूपमा वर्णन गर्नुभयाे । उहाँले भन्नुभयाे, "यहाँ रहेका अशक्त तथा ज्येष्ठ नागरिकहरूका लागि चौधरी परिवारले जीवनको महत्वपूर्ण सहारा प्रदान गर्नुभएको छ ।"

ADVERTISEMENT

सम्मान कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशलकिशोर राय, मधेश प्रदेश संसद् सचिव वासुदेव कोइराला, संविधान सभा सदस्य रामचन्द्र चौधरी, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

उनीहरूले वृद्धाश्रमको सेवामा चौधरी परिवारले पुर्‍याएको योगदानको प्रशंसा गर्दै यसले अन्य दाताहरूलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?