युवकको हातखुट्टा बाँधेर रूखमा झुन्डिएको अवस्थामा शव फेला

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका-४, डुमरियामा एक युवकको हातखुट्टा बाँधेर रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको छ । शुक्रबार बिहान करिब ८ः३० बजे आँपको रूखमा झुन्डिएको अवथामा शव फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ।

मृतकको स्थानीय २० वर्षय धीरज रायको रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

ADVERTISEMENT

शव गम्छाले घाँटीमा बाँधेर झुन्ड्याइएको अवस्थामा फेला परेको छ । सर्लाही प्रहरिले जनाएको छ । स्थानीयले खबर गरेपछि प्रहरी तत्कालै पुगेर तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

घटनाको प्रकृति हेर्दा हत्या भएको आशंका गरिए पनि विस्तृत विवरण पोस्टमार्टम र अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज