गाजामा इजरायली हवाई आक्रमण : २६ प्यालेस्टाइनीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
Gaja-Akraman-
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडाैं । गाजा पट्टीमा बुधवार इजरायली हवाई हमलामा २६ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका प्यालेस्टाइनी स्रोतहरूले बताएका छन् । दक्षिणी गाजान शहर खान युनिसमा इजरायली युद्धक विमानहरूले शेख नासेर छिमेकको एउटा घरमा आक्रमण गरेका थिए ।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार एक बालक र दुई महिलासहित चार व्यक्तिको मृत्यु भएको छ । गाजाको उत्तरमा प्यालेस्टिनी प्यारामेडिकहरूले गाजा शहरको शेख रदवान बजार नजिकै भएको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको थियो । २० जना घाइते भएको बताइएको छ ।

ADVERTISEMENT

गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार १६३ पुगेको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज