काठमाडौं । विश्व स्ट्रोक दिवसका अवसरमा नेपाल मेडिसिटी अस्पतालले नेपालमै उत्कृष्टस्तरको ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । बिरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्न स्ट्रोक युनिट सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । स्ट्रोक युनिटका लागि तालिमप्राप्त नर्सिङ सेवादेखि छुट्टै बेड, अपरेसन थियटर, आइसियु र जाँच गर्ने स्थान छुट्याइएको छ । त्यस्तै उक्त युनिट सञ्चालन गर्न अस्पतालले अन्तर्राष्ट्रियस्तरको प्रोटोकल र गाइडलाइन तयार पारेको छ, जसमा स्ट्रोकको आपत्कालीन अवस्था मूल्यांकन गर्ने, कुन अवस्थामा थ्रोमबेकटोमी तथा थ्रोमबोलाइसिस उपचार विधि अपनाउने, बिरामीलाई स्वालोइङ तथा स्पिच थेरापी, फिजियोथेरापी र डिकम्प्रेसिभ हेमिक्राइनेकटोमीको आवश्यकताअनुसार सेवाकोे व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा स्ट्रोकका बिरामी बढ्दै गएको भन्दै आपत्कालीन समयबारे मानिसमा कम जनचेतना रहेका कारण युनिट सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले स्ट्रोक युनिट अस्पताल तथा चिकित्सकहरूको प्रचारका लागि नभई मानिसमा जनचेतना जगाउन र यस अवस्थाबाट गुज्रेका बिरामीलाई सेवा प्रदान गर्न सुरु गरेका हौँ ।’
स्ट्रोक युनिटलाई पूर्णरूपमा सञ्चालन गर्न अस्पतालमा हेलिकप्टरद्वारा उद्धार गर्ने सुविधा पनि उपलब्ध रहेको छ । स्ट्रोकको बिरामीलाई स्ट्रोकको लक्षण देखाएको केही घण्टाभित्रै उपचार पु¥याउनुपर्ने भएका कारण हेलिकप्टरबाट उद्धारसँगै स्ट्रोक टिम पनि उपचारका लागि साथ रहने बताइएको छ । न्युरोलोजी विभाग तथा स्ट्रोक युनिटका प्रमुख डा. बाबुराम पोखरेलले अन्य बिरामीबीच स्ट्रोकका बिरामीलाई राखेर उपचार गर्नुभन्दा छुट्टै ठाउँमा राखेर उपचार गर्दा चाँडो निको हुने र पुनस्र्थापना पनि छिटो हुने बताउनुभयो । पोखरेलका अनुसार हृदयघातपछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । हरेक चारजनामा एकजनालाई स्ट्रोक हुने सम्भावना रहन्छ । त्यस्तै नेपालमा रोगका कारण मृत्यु हुनुमा स्ट्रोक चौथो स्थानमा रहेको छ ।
मेडिसिटीमा दैनिक चारजना बिरामी स्ट्रोकका कारण भर्ना हुने गरेका छन् । एक अध्ययनका अनुसार हरेक वर्र्ष नेपालमा ३३ हजार मानिसलाई स्ट्रोक हुने गरेको छ । डा. पोखरेल भन्नुहुन्छ, ‘धेरैजसो बिरामी ढिला अस्पताल आइपुग्ने गरेका छन् । स्ट्रोकको लक्षण देखिन थालेको तीनदेखि चार घण्टाभित्र अस्पताल आइपुगी उपचार गर्न सके बिरामीमा कुनै किसिमका अपांगता हुने सम्भावना कम रहन्छ । त्यतिबेलासम्ममा ब्रेन ड्यामेज रिभर्स गर्न सकिन्छ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts