सांसदसहित नेपाली कांग्रेसका नेता पश्चिम म्याग्दीमा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सय दिने अभियानअन्तर्गत म्याग्दी कांग्रेसका नेताहरु पश्चिम म्याग्दीका गाउँगाउँमा पुगेका छन् ।

जिल्लाको धवलागिरि गाउँपालिका सातवटै वडाहरुमा कार्यक्रम सम्पन्न गरी शुक्रवार मालिका गाउँपालिकाको दरबाङमा आयोजित कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् संघीय सांसद खमबहादुर गर्बुजा (खम्बीर)ले अबको निर्वाचनमा पार्टीलाई पहिलो ठूलो दल बनाउने लक्ष्यसहित कांग्रेसले अभियान सुरु गरेको बताउनुभयो ।

केन्द्रिय प्रतिनिधि समेत रहनुभएका सभापति गर्बुजाले अभियानको उद्देश्य र स्थानीय तहका प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारीबारे जानकारी गराउनु भएको छ । कांग्रेसको इतिहास लामो भएका कारण यसको लक्ष्य र उद्देश्यप्रति कसैले पनि शंका नगर्न गर्बुजाले अनुरोध गर्नुभयो ।

सय दिने अभियानमा सदस्यता विशेष अभियानका रूपमा ‘सदस्यता घर आँगन अभियान’ सञ्चालन गरिने म्याग्दी कांग्रेस सभापति गर्बुजाको भनाइ थियो । क्रियाशील सदस्यता कार्ड पुगे/नपुगेको अभिलेख राख्ने, सदस्यता कार्ड वितरणको समेत अभियानमा समेटिएको उहाँले जानकारी दिनुभयो ।

ADVERTISEMENT

पुस १६ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका प्रतिनिधिहरूले केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने योजना रहेको छ। प्रतिनिधिले सम्मेलन हुन नसकेका स्थानको सम्मेलनको सुनिश्चित गर्नुपर्नेछ। प्रतिनिधिले वडा, पालिका, जिल्लाको बैठक बस्न नसकेको भए बैठक नियमित बस्ने वातावरण बनाउनु पर्ने जनाइएको छ ।

विभिन्न तहका कार्य समितिलाई वार्षिक कार्यतालिका बनाउन पनि लगाउने अभियानमा उद्देश्य रहेको छ। केन्द्रीय प्रतिनिधिले सय दिने सांगठनिक अभियानको वडासमेत सम्पूर्ण अभिलेख विवरणसहितको प्रतिवेदन केन्द्रले तोकेको ढाँचामा केन्द्रीय कार्यालयमा पेश गर्नुपर्ने जनाएको छ।

संघीय सांसद सहित जिल्ला स्तरीय नेताहरु गाउँघरमा नै आए पछि स्थानीय कार्यकर्ता तथा शुभेच्छुकहरु खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *