काठमाडौं । नेपालस्थित टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो इभी धनतेरस एक्सचेन्ज धमाका ल्याएको छ । धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडी टाटा टियागो इभीसँग साट्न सकिनेछ ।
कात्तिक १० गतेसम्म टियागो इभी धनतेरस एक्सचेन्ज धमाका देशैभरिका शोरुममा रहने कम्पनीले जनाएको छ । मेलामा सहभागी भएर ग्राहकले टियागो इभीको हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो प्राप्त गर्न सक्ने बताइएको छ ।
टियागो इभी नेपालको विद्युतीय चारपांग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ हृयाचब्याक रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।






