कास्की। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप ७ दिन म्याद थपिएको छ ।
जिल्ला अदालत, कास्कीका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित छविलाल जोशी र लिला पछाईँलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालसले सभापति लामिछानेलाई थप सात दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ पर्नुभएकाे थियाे । उहाँलाई सोही दिन स्थलमार्ग हुँदै राति नै पोखरा पुर्याइएकाे थियो ।
शनिबार सार्वजनिक बिदा परेकाले उहाँलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
लामिछानेलाई पहिलो पटकको म्याद सकिएपछि आज पुनःअदालत उपस्थित गराइएको हो । पूर्वप्रहरी नायब महानिरीक्षक जोशी सोही सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा हुनुहुन्छ ।
पोखरामा लामिछानेका समर्थकका साथैै सहकारी पीडितका छुट्टाछुट्टै प्रदर्शनका कार्यक्रम जारी रहेकाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरीले जनाएको छ ।







Breaking news with related posts