काठमाडौं । हुण्डाई मोटर कम्पनीले आफ्नो ब्राण्ड मूल्यांकन २३ बिलियन डलर पुगेको घोषणा गरेको छ । हुण्डाई २०२४ मा इन्टरब्राण्डका उत्कृष्ट ग्लोबल ब्राण्डमध्ये विश्वव्यापीरूपमा ३०औँ स्थानमा रहेको छ ।
पाँच वर्षमा ब्राण्ड मूल्यमा ६३ प्रतिशत वृद्धि भएको र लगातार दोस्रोपटक र्याकिङमा वृद्धि भएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार सो अवधिमा ब्राण्ड ३६औँं बाट ३० औँ स्थानमा उक्लिएको छ र ब्राण्ड मूल्यांकन बढेको लगातार १४औँ वर्ष भएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता