काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको सय दिनको कार्ययोजना शतप्रतिशत पूरा गरेको छ ।
मन्त्रालयलाई तोकिएको लक्ष्य र जिम्मेवारी पूरा हुनमा सरकारका प्रवक्ता एवं मन्त्री पृथ्वी सुब्बा गुरुङ र सचिव राधिका अर्यालको तदारुकता र कर्मचारीको उच्चस्तरको कार्यसम्पादन रहेको मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले बताउनुभयो ।
राष्ट्रिय समाचार समिति९रासस० सँग आज संवाद गर्ने क्रममा उहाँले मन्त्रालयलाई दिइएका १५ वटा कार्य समयमै पूरा गरेको जानकारी दिनुभयो । राससको सेवा २४ सै घण्टा सञ्चालन हुनु, रासस सङ्ग्रहालय खोल्नु, मैथिली र नेपाल भाषामा समाचार सेवा सञ्चालन गर्नु पनि मन्त्रालयको सय दिने कार्ययोजना अनुसार नै सम्पन्न भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताउनुभयो ।
त्यस्तै मन्त्रालयले सय दिने कार्ययोजनामा गोरखापत्रमा ४३ भाषामा एक राना थारु भाषा थप गरेर ४४ भाषामा समाचार सम्प्रेषण गर्नु, रेडियो नेपालमा दनुवार भाषा थप गरेर २५ वटा मातृभाषामा समाचार सेवा सञ्चालन गर्नु, हुम्लामा फाइवर टु द होम ९एफटिटिएच० विस्तार गर्नु, तालिम सञ्चालन, सुरक्षा अडिट सम्पन्न, फिक्सड फाइबर विस्तार, मोबाइल सेवा विस्तार, फोरजी ९एलटिइ० प्रयोगकर्ता २ प्रतिशत थपगरी ७२ प्रतिशत जनसङ्ख्यामा विस्तार गर्नेलगायत काम पूरा गरेको छ ।
प्रवक्ता ठाकुरले सीमित स्रोतसाधानमा महत्त्वपूर्ण काम सम्पादन पूरा गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । “भौगोलिक चुनौती र सीमित स्रोतसाधनमा काम सम्पादन गर्नु सजिलो थिएन”, उहाँले भन्नुभयो, “यसमा मन्त्रालय मातहतका कर्मचारी, प्रमुखको कडा परिश्रम र मन्त्री एवं सचिवको प्रोत्साहनले समयमै लक्ष्य पूरा गर्न सम्भव भएको हो ।” उहाँका अनुसार मन्त्रालयले पूरा गरेको काम एकल नभई सामूहिक सहकार्यको प्रतिफल रहेको बताउनुभयो । आगामी त्रैमासिक कार्ययोजना अझै गुणस्तर र प्रभावकारी ढङ्गले सफल बनाउन जुझारु रहेको उहाँले सुनाउनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts