लमजुङमा तीनजना डेंगुका संक्रमित भेटिए

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेंगुको संक्रमण पुष्टि भएको छ । मध्यनेपाल अस्पतालमा उपचारका निम्ती गएका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेँगु सक्रमण पुष्टि भएको हो ।

डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्यनेपाल ६, भोर्लेटारका रहेका छन् । डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि पोखरा पठाइएको मध्यनेपाल अस्पतालका डाक्टर सुशील पौडेलले जानकारी दिनुभयो ।

अस्पतालमा आएका बिरामीमा डेंगु संक्रमण पुष्टि भएसँगै स्थानीय नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय लमजुङमा जानकारी गराइएको अस्पतालले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट डेँगु रोगको जोखिम हुने र पछिल्लो समय ठाउँठाउँमा यसको लक्षण देखिएकोले सचेत हुन स्वास्थ्य कार्यालय लमजुङले सर्वसाधारणलाई अनुरोध गरेको छ । एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेंगु रोग सर्ने गर्दछ ।

ADVERTISEMENT

विशेषगरी, बर्खाको समय साउनदेखि कात्तिकसम्म डेंगुको उच्च जोखिम हुने चिकित्सकहरुको भनाइ छ । डेंगु रोग लागेमा उच्च ज्वरो आउने, टाउको र आँखाको गेडी दुख्ने, शरीरमा डाबर देखिने, अरूचि बढ्ने, मांसपेशी दुख्ने, पेट गडबडी हुनेजस्ता लक्षण देखिने चिकित्सकहरु बताउँछन ।

घरवरपर सफासुग्घर राख्ने, खाडल तथा भाँडामा पानी जम्न नदिने, झुलभित्र सुत्ने, झ्यालढोकामा जाली लगाउने, शरीर ढाकिने गरी कपडा लगाउनेजस्ता प्राथमिक उपाय अपनाएर डेंगुको संक्रमणबाट बच्न सकिने स्वास्थ्य कार्यालय लमजुङका प्रमूख अमर दवाडीले बताउनुभयो ।

डेंगु सार्ने लामखुट्टेले प्रायः जमेको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने भएकाले कुनै पनि भाँडामा पानी जम्मा हुन नदिने र सामान्य कुराको होसियारी अपनाउन सकेपनि डेंगु रोगको जोखिमबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज