क्यानबेरा । अस्ट्रेलियाको जन्मदर निरन्तर घटिरहेको सरकारी तथ्यांकले देखाएको छ । देशको जन्मदर १० वर्षयताकै न्यूनस्तरमा झरेको सरकारी तथ्यांकले देखाएको हो ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआइएचडब्ल्यु) ले सार्वजनिक गरेको विवरणअनुसार सन् २००७ मा प्रति एक हजारमा ६६ जना महिलाले बच्चा जन्माएकामा सन् २०२० मा त्यो दर घटेर ५६ कायम भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीको पहिलो महिनाको तथ्यांक प्रस्तुत गर्दै एआइएचडब्ल्युले सन् २०१९ र २०२० को बीचमा शिशुजन्ममा २.३ प्रतिशतले गिरावट आएको बताएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts