काठमाडौं । दशैँ बिदामा पनि पेट्रोलियम वितरण सुचारु रहने भएको छ । नेपाल आयल निगमका डिपोहरू दशैँ बिदामा खुल्ने भएका हुन् । निगमले बुधबार विज्ञप्तिमार्फत् दशैँको समयमा हुने पेट्रोलियम माग सुचारु गर्न प्रादेशिक कार्यालय तथा शाखा कार्यालयअन्तर्गत रहेका डिपो आलोपालोमा खोलिने जनाएको छ ।
निगमका अनुसार थानकोट र धनगढी डिपो तीन दिन खुल्नेछ भने विराटनगर, अमलेखगञ्ज, पोखरा, सुर्खेत, धनुषा, वीरगञ्ज र चारआली डिपो दुई दिन खुला हुनेछ । दाङको इन्धन डिपो एक दिन र नेपालगञ्ज र धनगढी डिपो आवश्यकताअनुसार खुल्नेछ । निगमले सम्बन्धित कार्यालयहरू बन्द भएको अवस्थामा पेट्रोलियम व्यवसायी र ढुवानीकर्ताको सहजताका लागि प्रत्येक डिपोको सम्पर्क व्यक्तिसमेत तोकेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता