पहिलेका बुढाहरूले चलाउँदै आएको कहावत : ‘दशा बाजा बजाएर आउँदैन’ भनेझैँ गत हप्ता आरीघोप्टे क्रूूर वर्षाले दुुई दिनमै कयौँ हराभरा बस्ती र दुुई सय चौतीसभन्दा बढी मानिसलाई विभत्स रूपमा संहार गर्यो । अझ कयौँ घाइतेहरू अस्पतालको शैय्यामा ऐय्या-ऐय्या गरी कालसित संघर्ष गरिरहेका छन् भने कतिपय बेपत्ता हुनेको संख्या यकिन भइसकेको छैन ! धादिङ काठमाडौँको दोसाँधमा अवस्थित झ्याप्ले खोलाको पहिरोको लेदोले चारवटा सबारीसाधन पुरिन पुुगे भने त्यसभित्रका यात्रुुमध्ये हालसम्म पैतीस जना प्राणान्त भएको खबरले हामी सबै मानिस विहृवल दिल लिएर आँसुमा पौडिरहेको संवेदशील घडी हो अहिले । प्रकृतिजन्य यस्ता प्रकोपप्रति हामीले जतिसुुकै खोप, क्रोध र रोष पोखे पनि हुनेहार दैव नटार भनेजस्तै हुन्छ ।
प्रकृति भनेको पञ्चमहाभूत अर्थात् जमिन, जल, आगो, हावा र आकाश हुन् । जब प्रकृतिमा मानवीय हस्तक्षेप बढी हुन्छ अनि लगत्तै विकृति आउन थाल्छ । पछिल्लो समयमा भएको जलवायुु परिवर्तन सम्बन्धी अन्तर सरकारी संस्थाको प्रतिवेदनअनुसार हाल भइरहेका अत्यधिक वर्षा तथा गर्मी मानवीय कारणले उपज हो भनी ठम्याइएको छ ।
सरकारी आकडाको प्रारम्भिक नतिजाअनुसार यो वर्णन गर्ने नसकिने दैवी दुुर्घटाले सत्र अर्ब सात करोडसमान क्षति भएको कुरा बाहिर आएको भनिए पनि यसलाई वस्तुपरक रूपमा विश्लेषण गर्दा यो नोक्सानी अंकातीत छ । हजारौं बिघाका उर्वर हराभरा शस्यश्यामला धर्तीका अनमोल भाग बाढीको ताण्डवले स्वाहा बन्न पुुगेको छ भने कयौँ बस्तीका घर, पानीट्यांकी, पाइप, पुलपुलेसा, नहर र सडकहरूको संरचना क्षणभरमै समाप्त हुनपुुगेका छन् ।
मूूलतः सबैभन्दा बढी घायल भएका क्षेत्रमध्ये अर्थतन्त्रको मुटु र मेरुदण्ड कृषिमा छ अर्ब क्षति, ऊर्जा र पूर्वाधारमा चार अर्ब, खानेपानीमा तीन अर्ब पचपन्न करोड, सडकतर्फ दुुई अर्ब बाउन्न करोड र सिँचाइतर्फ एक अर्ब हाल अनुुमानित गरिए पनि पछि गरिने बृहत् अध्ययनयनले मोटै रकम नोक्सान भएको देखिनेछ । विभिन्न ठाउँमा गरी जोखिममा रहेका चार हजार तीन सय एकतीस जनालाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । खास गरेर हाल प्रभावित एक्काइस जिल्लामध्ये अति प्रभावित भनेर काभ्रे, धादिङ, ललितपुर, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला सूचीभित्र छन् । ३७ वटा राजमार्ग अवरुद्ध हुुनपुुगेकोमा तत्कालका लागि नौ राजमार्ग काम चलाउ रूपमा एकोहोरो आवतजावत सुरु भएको भनिएकोछ । पुनः कथं वर्षा भयो भने रोकिने स्थिति उत्तिकै छ ।
प्रकृति भनेको पञ्चमहाभूत अर्थात् जमिन, जल, आगो, हावा र आकाश हुन् । जब प्रकृतिमा मानवीय हस्तक्षेप बढी हुन्छ अनि लगत्तै विकृति आउन थाल्छ । किनकि प्रकृति भनेकै स्वभाव, सहज, नैसर्गिक र अकृत्रिम तत्व हो । पछिल्लो समयमा भएको जलवायुु परिवर्तनसम्बन्धी अन्तर सरकारी संस्थाको प्रतिवेदनअनुसार हाल भइरहेका अत्यधिक वर्षा तथा गर्मी मानवीय कारणले उपज हो भनी ठम्याइएको छ । विकसित भनिएका राष्ट्रहरूका भीमकाय कार्खानाबाट निष्कने प्रकृतिलाई असर पार्ने अर्थात् जल र हावा भूूमिलाई प्रतिकूूल प्रभाव पाने फोहोर, रासायनिक हातहतियारको बढ्दो उत्पादन, भयकारी क्षेप्यास्त्र निर्माण र त्यसको परीक्षणले जलवायु परिवर्तनमा ठूलो असर भइरहेकोे सबैलाई थाहै छ ।
नेपालजस्तो सानो भूूपरिवेष्ठित देशको भौगोलिक विविधतालाई मध्यनजर गरी यहाँको पहाडहरूको बनावट अनुसार राजमार्ग निर्माण गर्दा भूूविज्ञको सल्लाहलाई शिरोधार्य गरी कस्तो मार्ग खपालुु र लाभप्रद हुन्छ त्यसलाई गम्भीरतापूर्वक राज्यले नियाल्न सकेन । विभिन्न समयमा भूूकम्पले हल्लाएर थिलथिलो बनाएका कमजोर संरचना भएका पहाडमा भीमकाय डोजर, स्काभेटर र जमिननै हल्लाउने निर्माण यन्त्रहरू विकास र समृद्धिको नाममा तीनदशकयता छ्याप्छ्याप्ति नै प्रयोग भयो भने नदीको उत्खनन् र हडप्ने कुकाम सीमातीत भइरहृयो ।
नदीनाला र खोलाहरूका प्राकृतिक बहावको यथार्थलाई नबुुझी वा बुुझेर पनि बुुझ पचाउने क्षणिक पिसाबको न्यानोमा रम्ने क्रूूर स्वार्थले जानिफकार भन्नेहरू नै जड बनिदिँदा आज बाढीले मात्तिएका नदीद्वारा प्रताडित हुनपुगेका छौँ । भौगोलिक प्रकोपसम्बन्धी विज्ञ भनेर कहलिएका श्रीकमल द्विवेदी भन्नुुहुुन्छः ‘बगर भनेको नदीको सम्पत्ति हो । मान्छेले आफ्नो आवश्यकताको लागि खोलाको वैभव लुटिरहेका छन् । नदीहरूलाई कुलोमा रूपान्तरण गरेर साँगुरो परखालको जेलमा बन्दी बनाउने धृष्टता मूूर्खता हो । नदीको बहाव क्षेत्र जति तल पुुग्यो त्यति बढ्दै जान्छ ।’
यस्तो प्राकृतिक विपदको संगीन समयमा सरकार केही गैरजिम्मेवार भएकै हो । राजधानीको मुुटुुमा बगिरहेको नख्खुुखोलानिकट छतमा उभिएर गुहार मागिरहेका विपद् पीडितहरूको चित्कारको पुकारमा घन्किएको गुुहारलाई साधन स्रोत र जनशक्ति हुँदा हुँदै सरकारले सुुन्न इन्कार गर्नुु चरम विडम्बना वा पाखण्ड नै हो भन्दा अत्युक्ति पक्कै हुँदैन । लोकतान्त्रिक सरकारको यस्तो चरित्र पटक्कै सुहाएन । अर्को कुरा एक साताअघिदेखि नै भारतीय एवं नेपालको मौसम विभागले सरकारलगायत सबैमा होसियार रहनुुपर्छ यी-यी ठाउँमा भारी वर्षा र बाढीपहिरोको सम्भावना छ भनेर ज्ञापन दिँदादिँदै सरकार दरकारविहीनजस्तो बनेर कानमा तेल हाली बस्नुु भनेको चरम हेलचक्र्याइँ होइन र ?
साझा प्रयासबाटै विपत्तिको समाधान खोज्ने कुरा कार्यरूपमा छिटोभन्दा छिटो आउनुपर्यो । यही मौका छोपेर कालो बजारले गति लिनसक्छ । त्यसैले सरकारका सम्बन्धित निकाय परिचालित हुुनुुपर्यो विपद् पीडितका घाउमा मलमपट्टी लगाउन । सर्वं करोति इति सर्वकार हो सरकार ! नानाभाँति बाहनाबाजी गरेर सरकार उत्तरदायित्वबाट पन्छिन एक इन्च पनि पाउँदैन ।
वेत्ता, विज्ञ, विशेषज्ञका गणितीय सिद्धिलाई पत्याउन नसक्ने कस्तो मनमगज हो त सरकार !!! विज्ञदेखि किन तर्सन्छन् हाम्रा शासक तथा प्रशासकहरू ? इमानदार विज्ञ देख्नेबित्तिकै टेढो नजरले हेर्ने कोही कोहीमात्रै राणाहरू थिए । धादिङ अचानेका विमान पण्डितको आविष्कारको चमत्कार देखेर वीरशमशेरले पनि प्रोत्साहनार्थ पुरस्कार दिएका थिए भने आजका जनतका भोट खाएर जनताको कर लुँड्याई कुुबेर बन्नेहरू यसपालिकै पञ्चांगका राजा र मन्त्रीजस्तो पो भएभन्दा बिप्ल्याँटो हुन्छ र ?
साझा प्रयासबाटै विपत्तिको समाधान खोज्ने कुरा कार्यरूपमा छिटोभन्दा छिटो आउनुप¥यो । यही मौका छोपेर कालो बजारले गति लिनसक्छ । त्यसैले सरकारका सम्बन्धित निकाय परिचालित हुुनुुपर्यो विपद् पीडितका घाउमा मलमपट्टी लगाउन । सर्वं करोति इति सर्वकार हो सरकार ! नानाभाँति बाहनाबाजी गरेर सरकार उत्तरदायित्वबाट पन्छिन एक इन्च पनि पाउँदैन । आकाशसेवा र थलसेवाका सवारीसाधनमा असुल्न थालिएको डबल भाडा लिने सम्बन्धित कम्पनीहरूलाई शीघ्रातिशीघ्र कारबाहीको दायरामा ल्याएर जनतन्त्रको अनुुभूूति र आस्वाद चाख्न पर्यो नेपाली नागरिकले । नागरिकलाई रैतीजस्तो बनाएर कैदीमा रूपान्तर गर्न पाइन्न है ! म्याद गुज्रिएका पेय पदार्थ, खाद्यान्न, लत्ताकपडा बजारमा छ्याप्छ्याप्ती छ त्यसको निदान गर्न गुणस्तरीय मापदण्डलाई अनटसन्ट गर्न दिनुुभएन ।
अस्तिदेखि नेपालीको महान् चाड बडादशैँ थालनी भइसकेको छ । राज्यशक्तिमा आसीनहरूले शक्तिको अर्थ बुुझून् भनेर हाम्रो शास्त्रले यसरी बताइदिएको छ :
ऐश्वर्य वचनः ‘शश्च’ ‘क्तिः’ पराक्रमेव च
तत्स्वरूपा तयोर्दात्री सा शक्तिः परिकीर्तिताः ।।
अर्थात् ‘श’ भनेको ‘ऐश्वर्य’ हो भने ‘क्तिः’को अर्थ पराक्रम हो । यी दुुइलाई तागत दिने तत्व ‘शक्ति’ हो । अतः लामो समय राजनीति गरेकाहरूले ठण्डा दिमागले चिन्तन गरून् प्रकार्यमा मुखर बनूून् । हामी भगवती जगदम्विका भवानीको आराधना कालमा छौँ त्यसैले भगवती के हो त्यसलाई यसरी अथ्र्याएको छ :
ज्ञानः समृद्धि सम्पत्तिर्यशश्चैव बलं भगः
तेन शक्तिर्भगवती भगरूपा च सा सदा ।।
अर्थात्-ज्ञान, समृद्धि, सम्पत्ति, बल, ऐश्वर्य र सौभाग्य (भग) भएकी नै भगवती हुन् ।
अन्त्यमा गत हप्ताको क्रूरतम दैवी दुर्घटनाबाट दिवंगत हुनुुभएका सबै आत्माको चिर शान्तिको कामना गर्दै घाइतेजनहरूको शीघ्रातिशीघ्र स्वास्थ्यलाभको पुकारा गर्दछुु । नेपालीहरूमा सहअस्त्विपूूर्ण एकताकायम हुँदै नवनिर्माणको अध्याय देशमा थालनी होस् ! विवेकले भरिएको लोकतान्त्रिक चरित्र सबैमा उदाओस् भनी पराम्बा भगवतीसित प्रार्थना गर्दै यो सानो अभिव्यक्तिलाई विश्राम गर्दछुु । अस्तु ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता