ब्राजिलमा प्रहरी कारबाहीमा १६ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

रियो दि जेनेरियो । ब्राजिलको प्रहरीले राजधानी रियो दि जेनेरियोको एक आपराधिक समूहमाथि छापा मार्ने क्रममा १९ जनाको मृत्यु भएको जनाएको छ । राजधानीको सबैभन्दा हिंसात्मक गिरोह लुकेको स्थानमा छापा मार्ने क्रममा १९ जनाको मृत्यु भएको हो ।

अलेमाओ फाभेलामा चार सय भारी सशस्त्र सैन्य प्रहरी तैनाथ गरिएको थियो । मृतकमध्ये १६ जना संदिग्ध अपराधी रहेको बताइएको छ । छापा मार्ने क्रममा एक प्रहरी अधिकारी र एक जना प्रत्यक्षदर्शी मारिएको प्राप्त विवरणमा जनाइएको छ ।

ADVERTISEMENT

प्रहरी कारबाही दिनभर चलेको थियो, जसका कारण सो क्षेत्र वरपरका हजारौं मानिस आफ्नो घरमा फसेका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज