✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल श्रावण ७ गते शनिबार, ई.सं.-२३ जुलाई, २०२२ । तिथि- श्रावण कृष्णपक्ष दशमी, नक्षत्र- कृतिका, योग- गण्ड, करण– भद्रा, चन्द्रराशि- वृष, सूर्योदयः ५ः२३, सूर्यास्तः १८ः५६
मेष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
वृष : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
सिंह : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।
कन्या : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।
तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।
वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।






