काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध नगरी उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिइने बताउनु भएको छ ।
राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको बताउनु भयो ।
‘सरकार यहाँहरूकै हो । यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु’, उहाँले भन्नुभयो।
प्रधानमन्त्री ओली रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान गर्न नसकिने बताउनु भयो। उहाँले भन्नुभयो, ‘काठमाडौंमा यति डुबान होला भन्ने कल्पना थिएन।’
प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गर्नुभयो । उहाँले सरकारले सहायता र राहतमा कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts