रुपन्देही । देशकै ठूलो सामुदायीक विद्यालय बुटवलस्थित कालिका मानवज्ञान माविका अध्ययनरत जुम्ल्याहा दुई दाजुबहिनी दिपेश र दीपिका भट्टराई नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ मा भाग लिन आमा सीतासँगै उनीहरु शुक्रबार बुटबलबाट काठमाडौंका लागि हिडेका थिए ।
बुटबलको राजमार्ग चौराहा काउन्टरवाट टिकट लिएर उनीहरु लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा काठमाडौंको यात्रा तय भयो । अविरल वर्षाको कारण उनीहरु काठमाडाैं नजिकै धादिङको झ्याप्ले खोलामा लेदोसहित आएको पहिरोमा परेर अस्ताए ।
उनीहरु अन्तर्राष्ट्रिय स्तरको ‘कन्फ्रेन्स’ भागलिनको लागि काठमाडौं हिडेको बताईएको छ । कक्षा १० मा अध्ययनरत उनीहरू आउँदो एसईई परीक्षाको तयारीसँगै एस्ट्रोनोमिकल सोसाइटीको पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश जाने सपना बोकेर काठमाडौं जाँदै हिडेको बताईएको छ ।
बंगलादेशमा आयोजना हुने उक्त ‘कन्फ्रेन्स’मा ३२ देशका विद्यार्थी सहभागी हुने बताइएको छ । ओलम्पियारमा सहभागी हुने उनीहरूको सोचलाई विद्यालयले पनि साथ र समर्थन दियो । शुक्रबारको वर्षाका कारण देशभर क्षति पुग्ने खतराबारे समाचार सुन्दै काठमाडौंको यात्रा तय गरेका उनीहरू चढेको गाडी शनिबार धादिङको झ्याप्ले खोलामा लेदोसहित आएको पहिरोमा पुरियो । १५ वर्षका दिपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट गएका १४ जना त्यहीँ अस्ताए, जसमा चालकसमेत समावेश थिए ।
पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ । दीपिकाको शव पहिचान हुन बाँकी छ । स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएको भट्टराई परिवार बुटवल उपमहानगरपालिकास्थित योगीकुटीमा बस्दै आएको थियो ।
कालिका मानवज्ञान माध्यामिक बिद्यालयका प्राचार्य दिनेश थापाका अनुसार दीपेश र दीपिका आफैं ‘कन्फ्रेन्सको फारम’ भएर छनोट भएका थिए । ‘कार्यक्रम यही असोज १७ गते हो,’ थापाले भन्नुभयोे, ‘शायद काठमाडौंमा पढ्ने दाइदिदीसँग पनि भेटघाट गर्ने मनसायले दुई÷चार दिनअघि नै गएको हुनुपर्छ ।’
उनीहरूले यही वर्ष हुने एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यालयको अपेक्षा थियो प्राचार्य थापाले भन्नु भयो। उनीहरु कक्षा ४ बाट यही स्कूलमा पढेका थिए ।
उनीहरूका दाइदिदी पनि यहीँबाट ‘पास आउट’ भएका हुन्,’ थापाले भन्नुभयोे, ‘कक्षा शिक्षकसँग बिदा मागेर गएका हुन् । आमा सीता पनि स्कूलमा आएपछि विद्यालयले केही आर्थिक सहयोग गरेर पठाएको थियो । कर्णधार भाइबहिनी अस्ताए । हामी ठूलो पीडामा छौं ।’
दीपेश–दीपिकाका बुवा होमनाथ भट्टराई विगत ५ वर्षदेखि दक्षिण कोरियामा मजदुरी गर्दै आएका छन् । श्रीमती र छोराछोरी बुटवलबाट यात्रा तय गर्ने क्रममा उनीसँग कुराकानी भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।
स्कूलका शैक्षिक संयोजक दीपक बञ्जाडेले नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनमा काठमाडौंमा नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ को पहिलो सेसन सकाएर दोस्रो चरणमा बंगलादेश जाने तयारीका लागि उनीहरू काठमाडौं गएको वताउनु भयो ।सीताका मामा नगेन्द्रराज पाण्डेले भाञ्जा (होमनाथ)को परिवार पहिरोको विपत्तिमा परेको भन्दै दुःख व्यक्त गर्नु भयो ।
‘विशाल सपना बोकेर हिँडेका बाबुनानीलाई पहिरोले खोस्यो,’ पाण्डेले भन्नुभयोे, ‘भाञ्जालाई आइतबारसम्म नेपाल बोलाएका छौं । दीपेश–दीपिकाका दाजुदिदी काठमाडौं बसेर पढ्छन् । तीक्ष्ण क्षमताका बाबुनानी कलिलै उमेरमा अस्ताए । हामी शव कसरी ल्याउने भन्ने छलफलमा छौं ।’
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पनि बुटवलले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको बताउनु भयो।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts