एजेन्सी । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने हुनुभएको छ । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को मुख्यालय, टोक्योमा शुक्रबार भएको मतदानमा पूर्व रक्षामन्त्री इशिबा नयाँ नेता चुनिनु भएको हो ।
६७ वर्षीय इशिबाले २१५ मत पाउँदा उहाँका प्रतिस्पर्धी शानाइ ताकाचीले १९४ मत प्राप्त गर्नुभएको थियो । यदि ताकाचीले जितेको भए उहाँ जापानको पहिलो महिला प्रधानमन्त्री बन्नुहुन्थ्यो ।
एलडीपीको नेता चुनिनुभएका इशिबाले अर्को साता फुमियो किशिदाको स्थान लिनुहुनेछ । प्रधानमन्त्री किशिदा र उहाँको सबै मन्त्रीहरूले मंगलबार राजीनामा दिएका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा