सर्लाही – सर्लाहीको हरिपुर्वा नगरपालिका–५ मा गोली हानी एक महिलाको हत्या गरिएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन ।
आज बिहान करिब पौने २ बजेतिर गोली प्रहारबाट हरिपुर्वा नगरपालिका–५ की २३ वर्षीया चित्रलेखा यादवको मृत्यु भएको हो । घटनामा ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन्।
प्रहरीका अनुसार उक्त घटनामा प्रयोग भएको सानो हतियारको २ राउण्ड खोका र १ मिस राउण्ड फेला परेको छ। गोली हान्ने व्यक्ति घटनास्थलबाट फरार भएको छ।
चित्रलेखा यादवको घटनास्थलमा नै मृत्यु भएको र रामदिनेश रायलाई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचारका लागि पठाइएको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।
घटना लगतै सर्लाही प्रहरीका जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठको कमाण्डमा २० जनाको टोली र अन्य प्रहरी परिचालन गरिएका छन्। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ .








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts