मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गर्नुभएको छ ।

मुख्यमन्त्री सिंह नेतृत्वको मधेस सरकारले सय दिनको अवधिमा गरेका कामहरुको प्रगति विवरण सावर्जनिक गरिएको हो । मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिनको कामको विवरणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन अध्यापनका लागि ५० सिटको स्वीकृति, नीति तथा कार्यक्रम तयार, विनियोजन विधेयक तयार तथा पारित, मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता, लोकसेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदको नियुक्ति, कर्मचारी सरुवा व्यवस्थापन उल्लेख छन् ।

ADVERTISEMENT

प्रदेश सभामा बसेको २९ बैठक, प्रदेश सभाबाट पारित भएका प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा बनेको विधेयक पारित हुनुलाई समेत कामको विवरणमा समावेश गरिएको छ । सय दिने कार्यविवरण प्रस्तुत गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन कायम गराउनको लागि आफूहरुले महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । कर्मचारी सरुवाको समस्यालाई व्यवस्थ्ति गरेको पनि बताउनु भयो ।

मुख्यमन्त्री सिंहले सार्वजनिक गर्नुभएको सय दिने कामको विवरणमा अधिकांश लक्ष्य तथा योजनाहरु मात्रै उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज