‘उद्योगी-व्यवसायीका लागि अहिले जटिल समस्या छ’

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

रुपन्देही । उद्योगी-व्यवसायीले आफूहरुका लागि अहिले जटिल समस्या रहेको बताएका छन् । उनीहरुले आन्दोलन, भुकम्प, नाकाबन्दी, महामारीलगायत विभिन्न चुनौतीको सामना गर्दै आए पनि यतिबेला भने उद्योगी-व्यवसायीका लागि निकै जटिल समस्या भएको बताएका हुन् ।

चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको नवआगन्तुक कार्यालय प्रमुखहरुको स्वागत तथा शुभकामना कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा संगठनका अध्यक्ष दर्पण श्रेष्ठले खुल्ला सीमाका कारण सामानहरुको अवैध चोरी पैठारी भएको र यसले स्वदेशी व्यवसायी मर्कामा परेको बताउनु भयो । उहाले करको दर नभइ दायरा बढाउनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘एकीकृत जाँच चौकी (आईसीपी) छिटो सञ्चालन हुनुपर्छ । त्यस्तै एकीकृत चेकजाँच विन्दु पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको गुनासो छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’

संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योग-व्यवसायमैत्री वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले फूल अडिटको नाममा व्यवसायीहरुलाई दुःख दिन नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर उठाउने र लक्ष्य पूरा गर्ने नाममा व्यवसायीलाई दुःख दिइनु हुँदैन । ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउनुपर्छ ।’

पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले पछिल्लो समय धेरै उद्योगहरु बन्द भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मुख्य बजारका सटरहरु बन्द भएका छन् । माग कम हुँदा वस्तुको उत्पादन समेत घटेको छ । उद्योगी-व्यवसायीका लागि अहिले जटिल समस्या छ । निजी क्षेत्रलाई मर्कामा पार्ने काम गर्नुहुँदैन ।’ उहाँले पार्किङलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।

संगठनका पूर्वअध्यक्ष, सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिमबहादुर खत्रीले सरकारी निकायसँग सहकार्य गर्दै अघि बढ्न आग्रह गर्नुभयो । अवैध रुपमा नेपालमा सामान भित्रिन नदिन कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

संगठनका सल्लाहकार भोपेन्द्र प्रसाद यादवले यतिबेला व्यवसायी तथा सर्वसाधारण मर्कामा परेको बताउनु भयो । उहाले भारतीय पर्यटकलाई दुःख दिन नहुनेमा जोड दिनुभयो ।केही ट्राफिक प्रहरीले बोली-व्यवहारमा सुधार गर्नुपर्छ । यहाँ पार्किङको समस्या छ ।’ चोरी तस्करी नियन्त्रण गर्न सम्बन्धित निकायले तदारुकता देखाउनुपर्ने उहाँको भनाई छ।

संगठनका वाणिज्य उपाध्यक्ष राम मिलन यादवले खाना पकाउने ग्यास ढुवानी गर्दा केही समस्या रहेकाले उक्त समस्या समाधान गर्नुपर्नेमा बताउनु भयो

लुम्बिनी ट्रक यातायात व्यवसायी संघका सचिव बाल किसुन गुप्ता बनियाले नेपाली ट्रक यातायात व्यवसायी मर्कामा परेको गुनासो गर्नुभयो ।

ADVERTISEMENT

रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनका अध्यक्ष यादव प्रसाद आचार्य (वाई.पी.) ले नेपाल आउने पर्यटकलाई कम्तीमा पनि एकदिन बसाल्ने वातावरण बनाउनुपर्नेवताउनु भयो ।

उद्योग व्यापार संगठन, रुपन्देहीका सल्लाहकार टीकाराम भट्टराईले रुपन्देही चुनौती र सम्भावना बोकेको जिल्ला भएको वताउनु भयो।े व्यवसाय धरासायी भएको उहाँको गुनासो छ।

संगठनकी महासचिव लक्ष्मी अधिकारी कर करले नभइ रहरले तिर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले ट्राफिक प्रहरीले ऐन कानून बाहिर रहेर काम नगर्ने स्पष्ट पार्नु भयो । उहाले सल्लाह-सुझाव ग्रहण गरेर अघि बढ्ने बताउनु भयो । ‘सुरक्षित सडक व्यवस्थापनमा कार्यालय सचेत छ । हामीले एक्लै गरेर मात्र हुँदैन । सबै मिलेर अघि बढ्नुपर्छ । हाम्रो मनसाय कसैलाई पनि दुःख दिने हुँदैन । समस्याहरुको समाधान खोज्नुपर्छ ।’

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेम राज पोखरेलले बदमासी गर्नेहरु डराउनुपर्ने बउनु भयो । कानूनविपरीत कार्य गर्नेहरुलाई छोड्यो भने राम्रो काम गर्नेहरुको संरक्षण कसरी हुन्छ भन्दै प्रश्न गरे । उहाँले भन्नुभयो, ‘राजस्व चुहावट गर्नेलाई कारवाही गर्नैपर्छ । त्यसमा तपाईहरुको साथ र सहयोगको आवश्यकता छ । कारवाही नहुँदा गलत गर्नेहरुले गलत गर्दै जान्छन् ।’

प्रमुख कर अधिकृत पोखरेलले विकास जनताको आवश्यकता भएको र करदाताको पैसाले नै विकास हुने बताउनु भयो । उहाँले लक्ष्य पूरा गर्ने नाममा कार्यालयले व्यवसायीलाई दुःख दिने र धरपकड नगर्ने स्पष्ट पार्नु भयोे ।, ‘अनुगमन बेलाबेलामा हुन्छ । राम्रो काम गर्नेहरु डराउनुपर्दैन ।’

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले आलोचनाले सुधारको सुरुवात हुने बताउनु भयो। उहाँले भन्नुभयो ‘सुझाव भन्दा बढी आलोचना हुनुपर्छ, त्यसले सुधारको बाटो आउँछ । चुनौतीको सामना गर्न आएका छौं, यहाँहरुको सहयोग चाहिन्छ । सही कामका लागि हातेमालो गर्न तयार छौं ।’

प्रमुख भन्सार अधिकृत रेग्मीले वैध व्यापारलाई सहजीकरण गर्ने भन्सारको पहिलो काम भएको बताउनु भयो । उहाँले अवैध व्यापारलाई नियन्त्रण र निरुत्साहित गरेर वैध व्यापारको सहजीकरण हुने बताउनु भयो। सीमामा हुने चोरी तस्करी नियन्त्रण गर्न व्यवसायीको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले लक्ष्य अनुसार राज्यले राजस्व संकलन गर्न नसकेको बताउनु भयो ।

कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख राम प्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेम राज पोखरेल र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही प्रमुख रन्जु के.सी.लाई स्वागत गरिएको उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *