‘आश्वासन’ यो शब्दलाई विग्रह वा शल्य क्रिया गर्दा अर्थात् छुुट्ट्याउँदा यस्तो रूप ‘आ+श्वस्+अन (ल्युट्)’=आश्वासन, देखिन्छ । यसको अर्थ वा आसय नेपाली बृहत् शब्दकोषले यसरी गरेको छ:- ‘(१) सास फेर्ने काम, फोक्साले वायुुभित्र तान्ने प्रक्रिया, (२) भरोसा, पत्यार, ढाढस, विश्वास, भर, (३) ठूलाबडाले दिने अभयदान’ । पोको भन्नाले कुनै वस्तुु भित्रपट्टि हाली झुुण्ड्याउन हुने पारी कागत वा कपडा बेरेर बनाइएको सानो कुुम्लो वा गठरी हो । यस्तो सुन्दर आसय बोकेको तर के के कुराले जाम पारेर अबरुद्ध भएको भाम विषय बन्छन् त आश्वासनका पोकाहरू !
केपी ओली प्रधानमन्त्री बन्नुुभएको झन्नै सत्तरी दिन पुुगिसक्यो । जनतालाई काङ्ग्रेसएमाले गठबन्धन सरकारले त्यतिखेर दिएको आश्वासन राजनीतिक अस्थिरता चिर्ने, कमजोर आर्थिक दशालाई सुधारको दिशामा लैजाने, संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गर्ने, सुशासनको अनुुभूति दिनेजस्ता पक्षलाई मूूल आश्वासन वा आडभरोसा दिइएको थियो ।
के आश्वासनका कुुम्ला कुटुरा बतुुराहरूका जाल, फगत् उनीहरूकै रणनीतिक अस्त्र र भाला चम्काउने सूत्र या समाउन नसकिने इन्द्रेणी त हैनन् । ‘भोको भन्छ डाडाँ-वारि खाऊँ, अघाएको भन्छ डाडाँपारि खाऊँ’ त भइराखेको छैन ? संविधान परिमार्जनका मुद्दा ? ‘जनताको त्याग र शहीदहरूको बलिदानको सम्मान गर्ने तथा समयानुुकूूल नेपालको संविधानमा परिमार्जन अर्थात् सुधार’ हिजो दिइएका आश्वासनका उदार कुराका पोका पुुन्तुराहुन् ! अहिले यो काम जटिल छ भनेर पर धँकेल्न मिल्दैन । परीक्षाहरूमा असफल हुँदै आएकालाई पुनः अन्तिम मौकापरीक्षा आएको छ । भनिएको पनि छ :
धनञ्जये हाटक संपरीक्षा, महारणे शस्त्रभृतां परीक्षा ।
विपत्तिकाले गृहिणी परीक्षा, विद्यावतां भागवते परीक्षा ।।
अर्थात् सुन आगोमा खारेर परीक्षा हुन्छ भने शस्त्रास्त्रधारी वीर हो कि होइन ? भन्ने जाँच महासमर लड्दाको लडाकूूको थितिबाट हुन्छ । आपूmलाई संकट आउँदा जीवनसँगिनीको परीक्षा हुन्छ भने कुनै मान्छे विद्वान् हो होइन भनेर कसी लगाउने कुरा श्रीमद्भागवत् हो । अब यो अन्तिम मौका परीक्षालाई चौका दाउ भनेर कौडा नफिजाऊ ।
केपी ओली प्रधानमन्त्री बन्नुुभएको झन्नै सत्तरी दिन पुुगिसक्यो । जनतालाई काङ्ग्रेसएमाले गठबन्धन सरकारले त्यतिखेर दिएको आश्वासन राजनीतिक अस्थिरता चिर्ने, कमजोर आर्थिक दशालाई सुधारको दिशामा लैजाने, संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गर्ने, सुशासनको अनुुभूति दिनेजस्ता पक्षलाई मूूल आश्वासन वा आडभरोसा दिइएको थियो । आवश्यकता परेमा संविधान सुधार गर्न आयोग पनि बन्न सक्छ भन्ने मान्यता पनि राखिएकोले खर्चालुु भारपरक राजनीतिक संरचनाको छरितो र वस्तुपरक अभियान सुुव्यवस्थितता हुन्छ भनेर जनता भर परिरहेका छन् ।
तर, यति धेरै समय बितिसक्दा पनि ओली सरकार कछुवा गतिमै रल्लिनुु र जनताको दैनन्दिनीमा केही राहत जनताले आस्वाद गर्न नपाउनुु बिडम्वना होइन र ? चाडवाड आउने बित्तिकै महँगीले टाकुरा छुुनुु र कालो बजारियाहरूको रजगज चल्नुु, सुुशासनको महसुुस गर्न नपानुुसरकारको कायैशैलीमा नवीनता नआउनुु होइन र ? आफू प्रधानमन्त्रीबाट फुुत्किएपछि प्रचण्डले संसदलाई सम्बोधन गर्दै वैयक्तिक पीडा जो धेरै आक्रोश मिश्रित पनि थिए, त्यसलाई विरेचन गर्दै काङ्ग्रेसएमाले गठबन्धनको अन्तर्यलाई यसरी यसरी प्रस्तुति दिए : ‘काङ्ग्रेस र एमालेलाई ‘डर’ले मिलाएको हो, त्यो ‘डर’ सुशासनको हो’ ।
अनिलगत्तै भएको माओवादी पार्टी मिटिङमा काङ्ग्रेएमालेको संविधान संशोधन हामीले क्रान्ति गरेर ल्याएको गणतान्त्रिक उपलब्धिलाई समाप्त पार्ने प्रतिगामी षड्यन्त्र हो भनेर व्याख्या त्यसविरुद्ध आफ्नो दल सदन र सडकमा लड्ने हौवा पनि पिटाए । सो भनाइलाई खण्डन गर्दै काङ्ग्रेस प्रवक्ता प्रकाशशरण महतले स्पष्ट पार्दै भने ः ‘दुुई दल मिलेर प्रतिगमनतिर जान लागे भन्ने भाष्य गर्न खोजिएको छ, त्यस्तो होइन, समावेशी सिद्धान्तलाई कायम राख्दै कसरी स्थिर सरकार बनाउनेपद्धति निर्माण गर्न सकिन्छ भन्ने हिसाबले नेपाली काङ्ग्रेस र एमालेबीच समझदारी भएको हो’ ।
यतिखेरका गठजोडमा सरिक पाँच दलका शीर्ष भनिएका नेताहरू भदौ २४ गते बैठक बसेर बलै न्यूनतम साझा कार्यक्रम ल्याउने निचोडमा पुुग्न छलफलको कसरतमा छन् भनेर मिडियामा आएको छ । सातबुुँदेलाई नै आधार बनाएर सरकार सञ्चालनको विधिसँगै सबै दलको सहमतिमा न्यूनतम साझा कार्यक्रम आउने बताएका छन् । जसअनुसार संविधान संशोधनबारे छलफल, सरकारको प्रतिरक्षा, संसदलाई बिजनेस दिने, संसदमा विचाराधीन सत्रवटा विधेयकलाई कानुननिर्माण तहमा पुु¥याउने, जस्ता पक्षहरू विमर्शमा समेटिएको जनाएका छन् । जसमा गठबन्धन दलहरू ने.कां., एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी नेपाल, नागरिक उन्मुुक्ति पार्टी रहेका छन् ।
भर्खर सरकारमा सहभागी पार्टीबीच चलेको यो बैठकले कहिले निष्कर्षमा पुुगेर सत्ताइतर दलहरूसित छलफल चलाएर राष्ट्रिय सहमति निर्माण गरी संविधानलाई परिमार्जन गर्लान् ? कतै माझीका मतभिन्नतालेगर्दा सात गाउँ डुुब्छ, आकाशको फल आँखा तरी मर, मच्चियो मच्चियो जहाँको त्यहीँ थच्चियो, चुच्चे ढृङ्गो उही टुुङ्गो त हुँदैन ? यहाँका परीक्षित राजनीतिक अभिकर्ताहरूका लत र ल्यागत हेर्दा आम जनतालाई शङ्काको सुुविधाले झसङ्ग बनाएको छ । त्यसैले त आश्वासनका पोका फगत् पानीका थोपा नबन्लान् भन्न सकिँदैन । किनभने विगतमा ०७२को संविधान निर्माण गर्न कति समय लाग्यो ? आर्थिक व्ययमात्र एक खर्ब १७ अर्ब भएको तीतो यथार्थ हामीसित ताजा छ अझ यसमा सुरक्षा निकायको खर्च जोडिएको छैन भन्छन् । त्यत्रो धनराशि खर्चिएर ल्याएको संविधान दस वर्ष नपुुग्दै सङ्कटतिर पो हानियो त गाँठे !
प्रधानमन्त्री, मन्त्री, प्रदेशस्तरीय मुख्यमन्त्रीलगायतका कयौँ मन्त्रीहरू यस्तो संवेनशील समयमा पनि विनायोजना दिनहरू कटनी गरी जाँगिर पकाउने, कर्मचारी सरुवा तथा बढुवा गर्ने, आफ्ना नाता, चाकर र झोलेहरूलाई लाभान्वित स्थानमा सिफ्ट गर्ने मध्ययुुगीन अभिधारणाबाट ग्रस्त छन् ।
आदर्शबाट स्खलित, सिद्धान्तबाट गलित, उत्साही र ऊर्जाशील हुनबाट थकित आत्मकेन्द्री शासनप्रशासनको नतिजा नै हो आजको परिवेश भन्दा प्रतिगामी र दराग्रही सोच नभएर अग्रगामी र सुविचारित निष्कर्ष भन्न अप्ठ्यरो पर्छ र ? यक्ष प्रश्नहरू घोचा बनेर उभिएका छन् । शासनप्रशासन दुुवै क्षेत्रका कर्ताहरू अत्यधिक सम्पन्न र सम्भ्रान्त हुँदै जानुु तर जनता नाना थरी कर, महँगी, अन्याय र पक्षपातले असुुरक्षामा कहरिलो जिन्दगी घिसारेर हिँडिरहनुु पर्ने दर्दनाक दृश्यले किन देश हाँक्नेहरू संवेदित बन्न सक्दैनन् । यही उदास र हतास परिवेशले देशमा युवा प्रतिभाहरू बाध्यतावस विदेश मोहमा खिचिएका छन् ।
मूूलतः यहाँको १, आत्मकेन्द्री संकुचित शासनप्रशासनले उब्जाएको अविश्वास, २, रोजगारीको अभाव, कोरा टापटिपे सीपविनाको शिक्षा, ३, ठूूलाबडाको देखासिखी, ४, युवामैत्री कार्यक्रम ल्याउनमा अल्छी म्यादे सरकारहरू, ५, घिनलाग्दा काण्ड र भ्रष्टाचार तथा आफन्तहरूकै दबाब आदिका कारण विदेशिने तरुणहरूको लर्को बढिरहेको छ । यसको निराकरण गरेर आमजनतासित विश्वास आर्जन गर्ने सही दूूरदृष्टि भएको युुगपुुरुषको अभावले देश देश हुन कठिन रहेछ ।
प्रधानमन्त्री, मन्त्री, प्रदेशस्तरीय मुख्यमन्त्रीलगायतका कयौँ मन्त्रीहरू यस्तो संवेनशील समयमा पनि विनायोजना दिनहरू कटनी गरी जाँगिर पकाउने, कर्मचारी सरुवा तथा बढुवा गर्ने, आफ्ना नाता, चाकर र झोलेहरूलाई लाभान्वित स्थानमा सिफ्ट गर्ने मध्ययुुगीन अभिधारणाबाट ग्रस्त छन् । प्रधानमन्त्री ओलीले गत शनिबारदेखि बूढानीकण्ठमा आयोजित ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक दुुई लिने गोष्ठीको उद्घाटनमा ‘मिसन चौरासी’अन्तर्गत एमालेलाई मुलुकको राजनीतिक निर्णायक शक्तिको रूपमा स्थापित गर्ने बताउँदै आफ्नो सारा सामथ्र्य लगाउन कार्यकर्ताहरूलाई आहृवान गर्नुुभयो । पहिलेकै खिस्याउने बानीलाई नानी बनेर हचुवा तथ्याङ्कमार्फत मिसन २०८४ मा माओवादीले राष्ट्रिय पार्टीको रूपमा बल्बल्ल अडिन सक्ला कि भनिदिएर आफ्नो पार्टी संगठनकै कुरा दोचारे । संविधान संशोधन, सुशासनको प्रत्याभूूति, चुुनावी पद्धति, भ्रटाचार नियन्त्रण र भावी राष्ट्रिय सहमतिबारे मौन रहे । नीतिमा भनिएको छ :
अकीर्ति विनयो हन्ति, हन्त्यन्यर्थ पराक्रमः ।
हन्ति नित्यं क्षमा क्रोधः, आचारो हन्त्यलक्षणम् ।।
अर्थात् अकीर्तिलाई विनयशीलता अर्थात् नम्रताले, अनर्थ वा असामान्य अवस्थालाई पराक्रम मतलव पुरुषार्थ र साहसले, क्रोध अर्थात् आवेगात्मक रोष, सदाचारले गलत आचरण वा बानीबेहोरालाई विनाश गर्ने क्षमता राख्छ भनेर पढेका ओलीप्रभृति सबै दलका शीर्ष र तीर्थ बनेका मठाधीशहरूले कहिले वा कुन जन्ममा व्यवहारमा ल्याउने त ? नेपालका सत्तापिपासुु शासकहरूले यो श्लोकको हेक्का राख्न किन सकेनन् ? के सधैँ ठेक्का लिएकाहरू एक्का बनेर राष्ट्रिय सहमतिको महायज्ञ निष्पन्न हुन्छ ?
त्यसैले विगत पैँतीस वर्षदेखि चलेको मेलम्ची खानेपानीझैँ त्यति नै समय बुुढ्याएको यो भीडतन्त्रले घेराबन्दी गरेको प्रणाली अब पनि परिमार्जन हुनसक्दैन भने नेपाल र नेपालीको लागि विडम्बना हो ! लोकतान्त्रिक मूलधारका हस्ती हुुँ भनेर गर्व गर्ने काङ्ग्रेसएमालेलाई यसरी अलमलिने र रल्लिने सुविधा छैन र हनिमुुनको समय भनेर जनता स्नेह गर्ने अवस्थामा छैन । युद्धस्तरमा योजनाबद्ध ढङ्गले १८ घण्टा देशको समृद्धि, विकास र सुशासनको चिन्तनमा चिन्तित बन । सधैँ जनतालाई आश्वासनका पोका थमाएर त्यसलाई फगत् पानीका थोपा बनाउने नकाम नहोस् । अस्तुु !







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता