काठमाडौं । डिशहोमले दशैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै इन्टरनेट जोड्ने नयाँ ग्राहकहरूका लागि ‘खुसीको सेलिब्रेसन’ योजना घोषणा गरेको छ ।
योजनाअन्तर्गत दुई सय तथा तीन सय एमबिपिएसको वार्षिक रिचार्ज वा नयाँ कनेक्सनमा थप तीन महिना बोनस पाइनेछ । योजनाबाट लाभ उठाउन ग्राहकले नजिकको डिशहोम डिलर दाइ वा हटलाइन नम्बर ०१-५९७०३६५ मा सम्पर्क गर्न सक्ने कम्पनीले जनाएको छ ।
डिशहोमले स्थापनाको छोटो अवधिमै साढे तीन लाखभन्दा बढी ग्राहकलाई इन्टरनेट सेवा प्रदान गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements