निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ : अध्यक्ष ढकाल

हिमालय टाइम्स कालिकोट, संवाददाता

काठमाडाैं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका परिवर्तित नीति निजी क्षेत्रले माग गरे अनुसारको रहेको बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयलाई महत्व दिएर निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन हुँदै गएको बताउनु भयो । अन्य मुलुकमा निजी क्षेत्रलाई समेटेर सँगै गएको बेला नै आर्थिक समृद्धि र विकासले गति लिएको बताउनु भयो ।

उहाँले निजी क्षेत्रका मागहरु सम्बोधन गर्ने देशहरुले नै छोटो समयमा विकास गरेको बताउनु भयो । उहाँले अहिले आफूहरुले सरकारलाई निजी क्षेत्रका मागहरु सम्बोधन गर्न आग्रह गरेको र जसमा सरकार सकारात्मक रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रका मागहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सकारात्मक रहेको तर कर्मचारीतन्त्रमा पनि सोही सकारात्मकता हुनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘निजी क्षेत्रलाई प्रमोट गर्ने कुराहरुको जुन इस्युहरु छ । निजी क्षेत्रले दिएका सुझावहरु वास्तवमा क्रमशः लागू गर्दै जाने हो भने छोटो समयमा धेरै चिजहरुको एउटा रिजल्ट लिन सकिन्छ । बाहिरतिर हेर्ने हो भने विदेशमा जहाँ आर्थिक समृद्धिको कुराहरु, विकासको कुराहरु भएको छ, त्यो जहाँ निजी क्षेत्रलाई इन्करेज गरेको छ, निजी क्षेत्रलाई प्राथमिकता दिएको छ, निजी क्षेत्रका जायज इस्यु सम्बोधन भएको छ, त्यो देशमा छोटो समयमा द्रुत विकास भएको छ । हामीले अहिले सरकारलाई, सरकार अन्तर्गतका निकायलाई पनि वास्तवमा त्यहीअनुसार सुझाव दिएका छौँ । यसमा के देखिएको छ भने सम्माननीय प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीज्युलाई हामीले भेट्दा हाम्रो मागमा उहाँहरु पोजिटिभ हिसावले लागिपर्नु भएको छ । तथापि डाउन द लाइन अझै पूरै उहाँहरुको पोजिटिभ हिसावको कमिटमेण्ट पूरा गर्न तलदेखिकै मेकानिजम सकारात्मक हुनुपर्छ ।’

मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुन थालेको जस्तो देखिए पनि उत्साही हुन नसकिएको बताउनु भयो । अध्यक्ष ढकालले बैंकको ब्याजदर घट्दा कर्जा प्रवाह उल्लेख्य हुन नसक्नु अझै वित्तीय असुरक्षाको शंका गर्ने ठाउ बाँकी रहेको बताउनु भयो । यस्तो अवस्थामा निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताउँनु भयो । अध्यक्ष ढकालले सबै सकारात्मक हुने हो भने देश विकासले गति लिने र असुरक्षाको अवस्था हटेर जाने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज