काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरूको महान् चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा ग्राहकवर्गसँग पर्वको खुसी साट्न लगातार ९० दिनसम्म चल्ने ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौं गुणा’ उपहार योजना ल्याएको छ । चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थितिमा कम्पनीले उक्त योजना घोषणा गरेको हो ।
उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना दुर्ईजनालाई सामसुङ स्मार्ट फोन, हरेक हप्ता दुईजनालाई सामसुङको स्मार्ट टिभीका साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही पाँच सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने बताइएको छ ।
अफर मंसिर ३० गतेसम्म लागू हुनेछ । सो अवधिभर सिटी एक्सप्रेसमार्फत् विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुन सक्ने पनि कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts